+
+
Shares

रक्षामन्त्री खाँण पनि सीमांकन हेरफेरको विपक्षमा

'यता आन्दोलनमा उस्काउने र उता गोप्य सहमति नगरोस्'

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७३ मंसिर २३ गते १६:०८

 

mela-tillottama-bk-khad

२३ मसिंर, बुटवल । रक्षामन्त्री बालकृष्ण खाँणले पनि प्रदेश नम्बर ५ को सीमांकन हेरफेरको विपक्षमा उभिएका छन् । बुटवल पुगेर उनले आफू पनि पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लाहरु अलग गर्न नहुने अडानमा कायमै रहेको बताएका हुन् ।

रुपन्देहीको तिलोत्तमा मंगलापुरमा औद्योगिक व्यापार मेलाको बिहीबार उदघाटन गर्दै मन्त्री खांणले भने, ‘म जनताकै पक्षमा छु, ढिलो चाँडो जनताकै पक्षमा निर्णय हुनेछ ।’

तर, सीमांकन जटिल विषय भएकाले सम्वादबाटै टुङ्गो लगाउनु पर्नेमा उनले जोड दिएका छन् । उनले भने, आन्दोलनमा आएर यता उस्काउने र काठमाडौं पुगेर गोप्य सहमति कसैले नगरोस् ।’

संघीयता नेपालका लागि नयाँ बिषय भएको भन्दै उनले यसको कार्यान्वयनका लागि सबै दल लाग्नुपर्ने बताए ।
कांग्रेस नेता समेत रहेका मन्त्री खाँणले प्रदेश नम्वर ५ को सीमांकन हेरफेरका सम्वन्धमा पार्टी सभापतिसहित शीर्ष नेताहरु र प्रधानमन्त्री प्रचण्डलाई पुर्नबिचार गर्न आग्रह गरेको बताए ।

सभासद सोनिया यादवले मधेशको नाममा गलत प्रचार गरेर दुई समुदायबीच मुठभेड सृजना नगर्न चेतावनी दिइन् । ‘मधेशी जनताको स्वाभिमान र राष्ट्रियता माथि प्रश्न किन उठाउने ?’ उनले भनिन् ।

पुस ४ गते सम्म चल्ने मेलामा यन्त्रमानव र चिडियाखानाको मूख्य आकर्षक रहने संघका अध्यक्ष गुणानिधि भण्डारीले जानकारी दिए । पहिलो पटक आयोजना गरिएको मेलामा ५ लाख दर्शकले अवलोकन गर्ने र १५ करोडको कारोवार हुने आयोजकको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?