+
+
Shares

सिड्नीमा चार सय फुटबल खेलाडीको जमघट हुने

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर २४ गते १८:१३

सिड्नी । आगामी जनवरी महिनाको अन्तिम आइतबार सिड्नीमा आयोजना हुने एकदिने सकर टुर्नामेन्टको पहिलो पोस्टर सार्बजनिक भएको छ ।

soccer-tournament-2017-australiaआजै अष्ट्रेलियाका बिभिन्न राज्यमा भएका झण्डै दुई दर्जन फुटबल क्लबलाई यो खेलमा सहभागी हुन निमन्त्रणमा पठाइएको तामाङ रिक्रियशनल क्लब अष्ट्रेलियाका म्यानेजर अनिल कुमार लामाले अनलाइनखबरलाई जानकारी दिए ।

क्लब म्यानेजर लामाका अनुसार यो टुर्नामेन्ट आगामी जनवरी २९ मा सिड्नीको म्यारिक भिल स्कुल मैदानमा हुने छ । अष्ट्रेलियामा भएका नेपाली खेलप्रेमीहरुलाई एकैठाउँमा जुटाउने र अझै हार्दिकता बढाउने उद्देश्य राखिएको यो खेलमा करिब चार सय फुटबल खेलाडीहरुको जमघट हुने क्लबका संस्थापक अरुण कुमार तामाङले अनलाइनखबरलाई जानकारी दिए ।

‘यो एउटा खेलकुद महोत्सव नै हुनेछ । प्रतिस्पर्धा, जीत र हार भन्दा पनि प्रवासको मैदानमा नेपाली खेलाडीहरुबीच भेटघाट, भाइचारा र हार्दिकता फैलाउनु हाम्रो मुख्य उद्देश्य हो,’ तामाङले भने ।

तीन वर्षदेखि हरेक जनवरीको अन्तिम आइतबार आयोजना हुँदै आएको यो खेलको एकल प्रायोजक एक्सपोर्ट एजुकेशन एण्ड भिसा सर्भिस रहेको छ । यो टुर्नामेन्टको नाम ‘एक्सपोर्ट कप २०१७’ नामाकरण गरिएको छ ।

सिड्नीको पुरानो नेपाली खेलकुद संस्था गोर्खा नेप्लिज कम्युनिटीका खेल संयोजक राजीव प्रधानका अनुसार यहाँको नेपाली समुदायले व्यवस्थित फुटबल खेलहरु आयोजना गर्न थालेको करीब दुई दशक पुग्नै लागेको छ ।

अष्ट्रेलियामा क्रियाशील करीब पचास वटा नेपाली फुटबल क्लबमा एकहजार भन्दा बढी खेलाडीहरु आवद्ध छन् । नेपालीहरुको बाक्लो उपस्थिति रहेको सिड्नीमा दुई दर्जन फुटबल क्लबहरु छन् ।

अष्ट्रेलियामा नेपालका ख्यातीप्राप्त खेलाडीहरु पनि नेपाली क्लबहरुमा आबद्ध छन् । भिक्टोरियामा रहेका दुई ठूला फुटबल क्लबमा नेपालका राष्ट्रिय खेलाडीहरु आबद्ध छन् ।

यति फुटबल क्लबमा जगदीश श्रेष्ठ, ज्ञान श्रेष्ठ, कुन कार्की, पंकज श्रेष्ठ, अनिल ओझा लगायतका नेपालका चर्चित खेलाडीहरु आवद्ध छन् भने युनाइटेड फुटबल क्लबमा मणिज हाडा, एक्जोन तुलाधर, सुरज श्रेष्ठ, सुनिल लामा जस्ता खेलाडीहरु खेलिरहेका छन् ।

नेपालका राष्ट्रिय फुटबल खेलाडी विजय कार्की नेपाल फर्किएकाले आयोजक तामाङ रिक्रियशनल क्लबमा अहिले नेपालमा चर्चित भएका खेलाडीहरु आबद्ध छैनन् ।

एक्सपोर्ट कप २०१७ का बिजेता र उपबिजेता क्लबहरुलाई नगद पुरस्कार तथा ट्रफीको व्यवस्था गरिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?