Comments Add Comment

आगलागी पीडित थापालाई भेटे एनआरएन अध्यक्षले

उचित सहयोग गर्ने आश्वासन

tej-thapa-and-nrn-president

सिड्नी । सिड्नीको इनर सवअर्वमा पर्ने आसफिल्डमा आगलागीबाट पीडित तेज थापालाई सोमबार दिउँसो गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले भेटेका छन् ।

थापाले उपचार गराईरहेको रोयल ब्रिन्स अल्फ्रेड अस्पतालमा पुगेर सिग्देलले उनको स्वास्थ्यस्थितिबारे जानकारी लिएका हुन् ।

थापासँगको भेटपछि अध्यक्ष सिग्देलले अनलाइनखवरसँग भने, ‘उहाँको स्वास्थ्यमा सुधार आएको छ । तर, नियमित काममा फर्कन भने केहि महिना लाग्ने उपचारमा संग्लग्न चिकित्सकहरुले बताएका छन् ।’

अध्यक्ष सिग्देलले थापाको उपचार तथा पारिवारिक ब्यवस्थाका लागि एनआरएन अष्ट्रेलियाले आवश्यक सहयोग गर्ने बताए । ‘उनी बिद्यार्थी भिषामा भएकाले उनको स्वास्थ्य बीमा छ र त्यसले उपचारमा सहयोग पुग्नेछ,’ अध्यक्ष सिग्देलले भने ।

तर, उनी नियमित काममा फर्कन केहि महिना लाग्ने भएकाले उनको परिवारका लागि एनआरएनले सहयोग गर्ने अध्यक्ष सिग्देलको भनाई थियो ।

भेटपछि अनलाइनखबरसँग कुरा गर्दै थापाले एनआरएन अध्यक्षले भेटेर आफुलाई सहयोग गर्ने बचन दिएको जानकारी दिए ।

‘श्रीमती गर्भवती छिन्, म काममा फर्किन धेरै समय लाग्छ, त्यसैले बच्चाका लागि पनि केही सहयोग होस् भन्ने अपेक्षा गरेको छु’ थापाले भने ।

प्राइमस होटलमा कार्यरत थापाको आजैदेखि हाउसकिपिङबाट अकाउन्ट बिभागमा सरुवा हुँदैथियो । तर, उनी घाइते भएपछि अस्पतालले सरुवा प्रकृया एक महिनाका लागि स्थगित गरिदिएको छ, जसले गर्दा उनी चिन्तित भएका छन् । एक महिनाको बीचमा निको भएर काममा फर्कन उनी आतूर छन् ।

‘मलाई संभवतः अस्पतालले बुधबारपछि घर पठाउनेछ । त्यसपछि केहि दिन आफन्तकहाँ बस्नेछु,’ थापाले भने । उनका बुबा एक महिनाअघि मात्रै अष्ट्रेलियाबाट नेपाल फर्केका थिए ।

आमा माया थापालाई छिमेकीले फेसबुकबाट थाहा पाएर खबर गरिदिएका थिए । पछि स्काइपमा कुराकानी गरेर बा-आमालाई सन्त्वना दिएको उनले बताए ।

उनले भने, ‘हामी चिन्तित छौं । मलाई केहि दिनमा सन्चो हुने आशा छ, त्यसपछि हामी नयाँ घरमा सर्नेछौं ।’

उनले अहिलेसम्म नेपाली दूतावासबाट आफूलाई कुनै सोधपुछ नभएको बताए । नेपाली दूतावास क्यानबेराका कार्यबाहक राजदूत राजेन्द्र पाण्डेले अनलाइनखवरसँग भने, ‘समय मिलाएर भेट्ने बिचार गरेको छु । अर्को साता मेलवर्न जानुपर्ने भएकाले यसै साताको अन्त्यसम्ममा उनीसँग भेट गर्नेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment