Comments Add Comment

कतारमा जागिर परिवर्तन गर्न कम्पनीको अनुमति लिनु नपर्ने

nepali-worker२८ मंसिर, काठमाडौं । कतारमा आप्रवासी कामदारले जागिर परिवर्तन गर्न वा देश छोड्न रोजगारदाता कम्पनीको अनुमति लिनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

कतार सरकारले लागू गरेको  ‘काफला’ प्रणाली अन्त्य गर्ने घोषणा गरेसँगै रोजगारीमा कतारमा रहेकाहरुलाई राहत मिलेको हो ।

दोहाका सरकारी अधिकारीहरुले ‘कन्ट्रयाक्ट’ मा आधारित नयाँ प्रणालीले आप्रवासी कामदारहरुको सुरक्षा गर्ने दाबी गरेका छन् । तर, अधिकारकर्मीहरुले नयाँ प्रणालीले पनि कामदारको सुरक्षा हुन नसक्ने जनाएका छन् । उनीहरुले कामदारहरु स्वदेश फर्कन राजगारदाताको अनुमति चाहिने भन्दै असन्तुष्टि जनाएका छन् ।

सरकारी अधिकारीहरुले ‘काफला’ प्रणालीलाई विस्थापित गर्ने नयाँ कानुनले रोजगारीमा थप लचकता अपनाउने र विदेशी कामदारको सुरक्षा दिने बताएका छन् ।

सन् २०२२ को विश्वकप फुटबल खेलका लागि पूर्वाधार बनाउन हजारौं वैदेशीक कामदार कतारमा  रोजगारीका लागि गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment