+
+
Shares

संविधान कार्यान्वयनमै सरकारको ध्यान केन्द्रितः प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर २८ गते १६:४४

२८ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनभित्रै स्थानीय निर्वाचनको मिति घोषणा गर्ने बताएका छन् । मंगलबार कांग्रेस र एमालेका अध्यक्षसँग यसबारे गम्भीर ढंगले छलफल गरेको उनले जानकारी दिए ।

prachand१३ औं ज्यापू दिवसको अवसरमा काठमाडौंको बसन्तपुरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘आज बिहान मात्रै प्रमुख पार्टीका नेताहरुलाई बोलाएर मैले गम्भीर ढंगले अब केही दिनभित्र निर्वाचनको मिति तोक्ने, संविधान संशोधनको प्रक्रियालाई टुंगोमा पुर्‍याउनेबारेमा छलफल गरेको छु ।’

उनले संविधान कार्यान्वयनमै सरकारको ध्यान केन्द्रित भएको बताए । राष्ट्रिय एकतालाई बलियो बनाउन सरकार क्रियाशील रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

‘मेरो नेतृत्वको सरकार संविधान कार्यान्वयनमै सबभन्दा बढी केन्द्रित भएको छ । सकेसम्म मधेस, पहाड, हिमाल सबैको स्वीकार्यता बढाएर, सबैलाई समेटेर, राष्ट्रिय एकतालाई बलियो बनाएर संविधान कार्यान्वयन गर्नेतिर मेरो जोडबल छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

प्रधानमन्त्री प्रचण्डले सरकार निर्वाचनको मिति घोषणा गर्न लागेकाले सबैको सहयोग पाउने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?