Comments Add Comment

कोमाबाट ब्यूँझिए चापेकाइन्सका फुटबलर, सोधे-कसले उपाधि जित्यो

neto

२८ मंसिर, काठमाडौं । विमान दुर्घटनामा बाँचेका चापेकोइन्सका फुटबल नेटो कोमाबाट ब्यूँझिएका छन् । तर, उनले स्मरण शक्ति गुमेको छ । के भएको हो भन्ने उनलाई केही थाहा छैन ।

दुर्इ साता अघि कोलम्बियामा भएको विमान दुर्घटनामा ७१ जनाको मृत्यु भएको थियो भने ६ जनाको जीवितै उद्धार गरिएको थियो ।

रिपोर्टहरुमा जनाइए अनुसार कोमाबाट ब्यूँझिएपछि नोटोले दक्षिण अमेरिकी च्याम्पियन्ससिप कसले जित्यो भनेर सोधेका छन् । तर, ३१ वर्षीय उन आफूले फाइनल किन खेल्न नसकेको भन्ने भन्न सकेनन् । साथै आफूलाई किन अस्पताल ल्याएको भनेर सोधेका छन् ।

एथ्लेटिको नेशनलसँग कोपा सुडामेरिकानाको फाइनल खेल्न जाने क्रममा ब्राजिलियन क्लब चापेकोइन्सका खेलाडीहरु दुर्घटनामा परेका थिए ।

डाक्टरहरुले विमान दुर्घटनाबारे नेटोलाई बताएका छैनन्, उनको अवस्था स्थिर भएपछि मात्र भनिनेछ ।

हामी खुसी छौं, किनकी हाम्रो परिवारको सदस्य नेटो जीवित छन्, उनका दाइले भनेका छन्, तर, त्यही समयमा हामी दुःखी छौं, किनकी धेरैको ज्यान गएको छ ।

विमान दुर्घटनामा चापेकोइन्सका तीन खेलाडी बाँचेका थिए । जसमध्ये दुई जना भने सोमबार ब्राजिल फर्कँदैछन् ।

नेटोको बुबाले भने भगवानले आफ्नो छोरालाई बचाएको नभन्ने बताए । उनले भने, यदि त्यस्तो भएको भए भगवानले सबैलाई बचाउँथे । तर, म भन्छु कि भगवानले मेरो छोरालाई सहयोग गर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment