Comments Add Comment

विचित्रको होटल, जसका हरेक कोठाको आधा भाग फ्रान्समा पर्छ भने आधा स्विजरल्याण्डमा

hotelसाँध सिमानाको विषयमा झगडा गरिरहने छिमेकी देशहरुका लागि सायद यो एउटा राम्रो पाठ बन्नसक्छ । स्विजरल्याण्ड र फ्रान्सको सिमाक्षेत्रमा रहेको यो दुईतारे होटेल द्धिदेशीय मित्रताको राम्रो उदाहरण हो ।

यो होटेलको खास विशेषता भनेकै यसको एक तिहाई भाग स्विजरल्याण्डमा पर्छ भने दुई तिहाइ भाग फ्रान्समा पर्छ । डेढ शताब्दी पूरानो यो होटेलको नाम हो अरबेज फ्रेन्को स्विस होटेल । ला क्योर नामक गाउँमा अवस्थित यो होटेलमा बास बस्न जाने पाहुनालाई सुरुमै सोधिन्छ की तपाइँ फ्रान्समा सुत्नुहुन्छ की स्विजरल्याण्डमा ?

यो होटलका सबै कोठाहरु दुई भागमा बाँडिएका छन् । होटलका हरेक कोठामा यस्तो प्रकारले डबल बेड सेट गरिएको छ की बेडको आधा हिस्सा स्विजरल्याण्डमा पर्छ भने आधा हिस्सा फ्रान्समा । अर्थात् एउटै कोठाभित्र सुतेका पाहुनामध्ये पनि एकजना फ्रान्समा तथा अर्को स्विजरल्याण्डमा सुत्न पाउँछ । फ्रान्स र स्विजरल्याण्डमा पर्ने बेडका लागि विछ्यौना र तकिया पनि फरक फरक हालिएको हुन्छ ।

hotel-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment