+
+
Shares

यी हुन् यस वर्षको महाकवि देवकोटा पुरस्कार पाउनेहरु

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर २९ गते १४:०८

२९ मंसिर, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डेयन मन्त्रालयले हरेक वर्ष जस्तै यस पटक पनि पाँच जनालाई महाकवि देवकोटा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

banira-giri-and-parasu-prad
डा. वानिरा गिरी र परशु प्रधान

२०६८ सालमा नेपाल सरकारले स्थापना गरेको १ लाख राशीको महाकवि देवकोटा पुरस्कार हरेक वर्ष ५ जना व्यक्तित्वहरुलाई प्रदान गरिन्छ ।

डा. वानिरा गिरी (कविता), कृष्ण गौतम (निबन्ध र समालोचना), परशु प्रधान (आख्यान र नाटक), बासुदेव मुनाल (बाल साहित्य र लोक साहित्य) र नगेन्द्रराज शर्मालाई साहित्य सेवातर्फको पुरस्कारबाट पुरस्कृत गर्ने संस्कृति मन्त्रालयले निर्णय गरेको छ ।

महाकवि देवकोटा पुरस्कार मापदण्ड तथा कायर्र्र्र्िधि बमोजिम गठित पुरस्कार छनौट समितिले गरेको सिफारिसअनुसार मन्त्रीस्तरको निर्णयबाट पुरस्कार दिने निर्णय भएको पर्यटन मन्त्रीका प्रेस सल्लाहकार सुनिल सापकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?