+
+

गोकुलेमा युवाहरुको झगडाले राजनीतिक रुप लियो, वाईसीएलद्वारा एमाले समर्थकमाथि आक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर २९ गते १४:४१

२९ मंसिर, काभ्रे । काभ्रेको दुर्गम गाविस डाँडापारीमा मंगलबार राति नेकपा माओवादी केन्द्र सम्बद्ध वाईसीएल कार्यकर्ताको आक्रमणमा परी ८ जना स्थानीय गम्भिर घाइते भएका छन् ।

ycl-flagगोकुले गाविस वडा नम्बर ४ कुपिन्टारमा रातिको समयमा लाठीसहित २५/३० जनाको संख्यामा गएका वाईसीएल कार्यकर्ताले आक्रमण गरेको घाइतेहरुले बताएका छन् । वाईसीएल जिल्ला नेता राजेन्द्र घलानको नेतृत्वको समूहले आक्रमण गरेको स्थानीय जनक लामाले बताए ।

आक्रमणबाट पूर्ववडाअध्यक्ष खड्गबहादुर मोक्तान, सिंहविर मोक्तान, दिलमाया मोक्तान, कृष्णमाया मोक्तान गम्भिर घाइते भएका छन् ।

दर्जन भन्दा धेरै घरहरुमा क्षति पुगेको र रातभर जंगलमा बसेर ज्यान जोगाएको लामाले बताए । घटना लगत्तै खबर पाए पनि गोकुलेमै रहेका प्रहरी घटनास्थलमा जान सकेनन् ।

घटनास्थलमा बुधवार विहान प्रहरी पुग्दा आक्रमणकारी फरार भइसकेका थिए । केही दिनअघि जात्रामा स्थानीय दुई युवा समूहबीचको झगडाले राजनीतिक रुपमा लिएको प्रारम्भिक जानकारी आएको काभ्रेका प्रहरी प्रवक्ता डिएसपी नविन राईले अनलाइनखबरलाई बताए ।

कुटाइ खानेहरु एमाले समर्थक रहेको उनले बताए । केहि दिन अघि जात्रामा भएको नाचमा केटाकेटीहरुको कुटपिटका विषयलाई लिएर वाईसीएलका कार्यकर्ताहरुले आक्रमण गरेको स्थानीय जनक लामाले बताए ।

माओवादीले एमाले कार्यकर्ताहरुलाई छानी-छानी आक्रमण गरेको र महिलामाथि यौन दुर्व्यवहार समते भएको एमालेको आरोप छ । एमालेले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?