चलचित्र ‘अन्तराल’बाट नेपाली चलचित्रमा प्रवेश गरेकी नायिका अशिष्मा नकर्मी अहिले एकपछि अर्को प्रोजेक्टमा व्यस्त छिन् । चलचित्र क्षेत्रमा प्रवेश गर्दा उनको चर्चा खुबै भएपनि अहिले केहि सेलाएको छ । अशिष्मा आफूलाई ‘लक’ नलागेको तर्क गर्छिन् । अनलाइनखबरसँग ‘मस्ती टक’ गर्ने क्रममा अशिष्माले खुबै खुलेर कुरा गरिन् ।
उनले चलचित्र क्षेत्रमा लागेर एउटा उचाइमा पुग्ने सपना आफूले पालेको सुनाइन् । तर, यसका लागि आफूलाई हिट चलचित्रको आवश्यकता भएको उनको भनाई छ ।
अशिष्माले बिहे, प्रेम र जीवनमा कुरा रमाइलोसँग गरिन् । उनले भनिन्-‘म अहिले पूर्ण रुपमा सिंगल छु । तर, डबल हुन चाहन्छु । यसका लागि आवेदन खुल्ला छ ।’
अशिष्मासँग गरिएको रमाइलो ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः
हालैमात्र अमेरिका पुगेर आएकी अशिष्माले आफ्ना पूर्व प्रेमीलाई भने नभेटेको बताइन् । उनले चलचित्र क्षेत्रका चर्चित नायिकाहरुको राम्रो र कमजोरी पनि बताइन् । उनले भनिन्-‘नम्रता सापकोटा धोकेवाज, ऋचा शर्मा धेरै बोल्ने, छुल्ठिम हरेक कुरामा टेन्सन लिने खालका छन् ।’
उनलाई हामीले सोध्यौ, तपाइलाई अनमोल केसी, जीवन लुइटेल र प्रदिप बाँस्तोलामध्ये कोसँग डेट, कोसँग बिहे र कसलाई भाइटिका लगाइदिन मन छ ? यसमा उनले निकै रमाइलो जवाफ दिएकी छिन् । जुन जवाफ तपाइले भिडियोमा हेर्न सक्नहुनेछ ।
चर्चित ब्यानरका सफल कलाकारसँग चलचित्र गरिरहेकी अशिष्माको के हिट चलचित्रको सपना पुरा होला ? के उनले भने जस्तो प्रेमी पाउलिन् ? यसका लागि भने प्रतिक्षा गरौ ।
प्रतिक्रिया 4