Comments Add Comment

महतोले प्रचण्डलाई सोधे-संविधान संशोधन प्रस्ताव थाती राख्न लागेको हो ?

१ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन विधेयकलाई थाती राख्नै योजना नभएको बताएका छन् ।

Prachanda-with-Rajendra-Mahato
फाइल तस्वीर

प्रमुख तीन दलबीच भएको पछिल्लो बैठकपछि मधेसी मोर्चाले संशोधन थाती राखेर चुनाव जान लागेको आशंका गरेको थियो । मधेसी मोर्चामा आवद्ध सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री प्रचण्डलाई फोन गरेर यसबारे चासो राखेका छन् ।

‘संशोधन प्रस्ताव थाती राखेर अगाडि बढ्न खोजेको हो भनेर मैले सोधेको थिएँ,’ प्रचण्डसँगको टेलिफोन सम्वादबारे महतोले भने, ‘उहाँले यो सत्य होइन भन्नु भएको छ ।’

उनका अनुसार प्रचण्डले संशोधनलाई संसदको कार्यसूचीमा राखेर अघि बढ्न चाहेको बताएका छन् ।

मधेसी मोर्चाले संशोधन प्रस्तावमा परिमार्जन चाहेको छ । र, प्रधानमन्त्री प्रचण्ड पनि सकारात्मक छन् । यसबारे भेटेरै कुराकानी गर्ने समझदारी भएको महतोले बताएका छन् ।

एमालेले अहिलेसम्म अवरोध गर्छ, हेरौंला

मधेसी मोर्चाका नेता महतोले संशोधन विधेयकलाई आफूहरु पुरै अस्वीकार नगरेको बताएका छन् । ‘यो पूर्ण छैन, परिर्माजन गरेर अघि बढ्नुपर्छ भनेको मात्र हो’ उनले भने, ‘प्राप्त उपलब्धिको रक्षा गर्दै अघि बढ्नुपर्छ ।’ विधेयकलाई संसदीय प्रक्रियामा गएर नै संशोधन गर्ने र पुरक संशोधन ल्याउन सकिने उनले बताए ।

तर, संशोधन प्रस्तावलाई टेबल गर्न नदिने रणनीतिका साथ एमालेसहितका विपक्षी दलहरुले संसद अवरुद्ध पार्दै आएका छन् । संसदको बैठक ४ गतेका लागि बोलाइएको छ ।

सद्भावनाका अध्यक्ष महतोले भने एमालेले कहिलेसम्म संसद अवरुद्ध गर्छ हेरौला भनेका छन् । ‘एमाले यसरी गैरजिम्मेजार हुनु राम्रो होइन, उनले भने, लगातार संसद अवरुद्ध गर्नु र जनतालाई अधिकार नदिनु भनेको संविधान असफल बनाउने षड्यन्त्र हो ।’

उनले अघि भने, उसलाई संघीयता मन परेको छैन । त्यसैले गणतन्त्रसहितका सबै उपलब्धि समाप्त पार्ने गरी संविधान नै फल गराउन घातक बाटो रोजेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment