Comments Add Comment

एमाले विनै संशोधन पास हुन्छः भण्डारी

sarad-singh-bhandari

१ पुस, काठमाडौं । राष्ट्रिय समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले एमाले विनै संविधान संशोधन विधेयक पास हुने दाबी गरेका छन् । तर, अहिलेको संशोधन प्रस्तावमा परिमार्जन गर्नुपर्ने बताए ।

शुक्रबार काठमाडौंमा भएको पार्टी कार्यकर्ता प्रशिक्षणको उद्घाटन गर्दै अध्यक्ष भण्डारीले भने ‘संसदमा संख्य ठुलो भएकै आधारमा कसैले हल्लाउन सक्दैन भन्नु भ्रम हो । यदि सरकारले अहिलेको प्रस्ताव परिमार्जन गरेर ल्याए एमाले विना नै पास हुन्छ ।’

संशोधनमा परिर्माजन गर्न सरकारले एमालेसहित मधेसी मोर्चासँग छलफल गर्नु पर्ने पनि उनले बताए ।

रामसपा अध्यक्ष भण्डारीले संविधान संसोधन नभएसम्म निर्वाचनमा जान नसकिने बताए । एमालेले संविधान संसोधनको औचित्य नदेख्नु अतिवादी सोच भएको उनको टिप्पणी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment