Comments Add Comment

शुल्क घटाउन माग गर्दै कुमारवर्ती क्याम्पसमा तालाबन्दी

kumarbarti-campus-talabandi

१ पुस, कावासोती । नवलपरासीको कावासोतीमा रहेको कुमारवर्ती बहुमुखी क्याम्पसले विद्यार्थीको ढाड सेक्ने गरी शुल्क वृद्धि गरेको भन्दै विद्यार्थी संगठनले क्याम्पसको लेखा शाखामा तालाबन्दी गरेका छन् ।

नवलपरासीमा क्रियाशिल चार विद्यार्थी संगठनहरुले शुक्रबार कुमारवर्ती क्याम्पसमा शुल्क वृद्धि फिर्ताको माग गर्दै लेखा शाखामा तालाबन्दी गरेको विप्लव माओवादी निकट अखिल क्रान्तिकारी नवलपरासीका अध्यक्ष शिव डुम्रेले बताए ।

विप्लव माओवादी निकट अखिल क्रान्तिकारी नवलपरासीका अध्यक्ष शिव डुम्रे, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी नवलपुरका संयोजक ईश्वर गैरे, नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी नवलपरासीका संयोजक शोभा जिसी र नयाँ शक्ति पार्टी निकट नयाँ शक्ति विद्यार्थी युनियन नवलपुरका सहसंयोजक श्रीकृष्ण चापागाईले संयुक्त रुपमा तालाबन्दी गरेका हुन् ।

उनीहरुले आफ्नो माग पुरा नभए पुस ३ गते प्रशासनमा तालाबन्दी गर्ने र ५ गते एक दिन क्याम्पस बन्द गर्ने लगायतका कार्यक्रमहरु समेत सार्वजनिक गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment