Comments Add Comment

विमान दुर्घटनामा बाँचेका एलन रुसेलः सिट परिर्वतनले बचायो

alen-ruschel

ब्राजिलियन क्लब चापेकोइन्सका डिफेण्डर एनल रुसेल, जो गत महिना कोलम्बियामा भएको भयानक बिमान दुर्घटनामा बाँचेका थिए, ले भनेका छन् कि विमान उड्नुभन्दा केहि मिनेटअघि सिट परिवर्तन गर्दा उनी बाँच्न सफल भएका हुन् ।

कोपा सुदामेरिकानोको फाइनलका लागि बोलिभियाबाट कोलम्बियाका उड्न लाग्दा उनी जहाजको पछाडितिरको सिटमा बसेका थिए । तर, क्लबका डाइरेक्टर काडु गाउचोले अनुरोध गरेपछि उनी अगाडिको सिटमा आएर बसे ।

गत नोभेम्बर २८ मा भएको भयभित दुर्घटनापछि पहिलो पटक सार्वजनिक हुँदै शनिबार एक शोककुल अन्तर्वार्ता दिएका २७ बर्षीय एलनले दुर्घटनालाई यसरी सम्झिए । ‘काडु गाउचोले मलाई बिमानको अगाडिको सिटमा आएर बस्न भने किनभने पछाडिको सिटमा पत्रकारहरुलाई एकै स्थानमा राख्ने योजना रहेछ’ एलनले भने ।

उनले थपे, ‘खासमा मलाई अगाडि आउन मन थिएन तर मैले अगाडि ज्याक्सन फोलम्यानसँगैको सिट खाली देखेँ र गएर उनीसँगै बसेँ ।’
ज्याक्सन पनि दुर्घटनाका जीवितमध्येका एक हुन् । पत्रकार सम्मेलनमा निक्कै भावुक बनेका उनले भने, ‘मात्रै भगवानले भन्न सक्छन् कि म किनँ बाचेँ । उन (भगवान)ले मलाई समाए र जीवनमा दोस्रो मौका दिए ।’

कोलम्बियाली शहर मेडेलिनमा भएको विमान दुर्घटनामाजीवित रहेका ६ जनामध्ये एलन एक हुन् । दुर्घटनामा उनको क्लब चापेकोएन्सीका लगभग सबै सदस्यसहित ७१ जनाले ज्यान गुमाएका थिए ।

गोलरक्षक फोलक्यान जो एलनका निकट मित्र हुन् र दुर्घटनामा बाँच्न सफल भए, उनको भने खुट्टाको केहि भाग काट्नुपरेको छ ।

उनलाई एयर एम्बुलेन्समार्फत साओ पाओलोको अस्पतालबाट दक्षिणी ब्राजिलस्थित क्लवको घरेलु शहरमा लगिएको छ ।

‘दुर्घटनाको क्षणबारे मैले केहि सम्झन सकिरहेको छैन ।’ एलनले क्लवको स्टेडियन एरिना कोन्डामा आयोजित पत्रकार सम्मेलनमा भने । ‘उनीहरुले केही भइरहेको भन्ने जानकारी गराएका थिए , मलाई सबै दुःखद सपना जस्तो लागिरहेको छ । अहिले मैले थोरै थोरै गरेर त्यस घटना सम्भिmरहेको छु’ एलनले भने ।

‘म दुर्घटनाबारे कुनै कुरा गर्न चाहन्न । मैले समाचारहरु पनि हेरिन । तर, केहि समाचारहरु सुन्दा मलाई लागेको छ यो सबै पाइलटको गल्तीका कारण हो ।’

बोलिभियाली बायुसेवा कम्पनी लामियाका पाइलटले पर्याप्त इन्धनबिना नै जहाज उडाएको आरोप लागेको छ ।
दुर्घटनाको सत्य तथ्य सार्वजनिक नहुन्जेलका लागि यस कम्पनीको लाइसेन्स निलम्बन गरिएको छ । एलनले भनेका छन् कि उनी कोलम्बिया जानेछन् र आफ्नो उपचारमा संग्लग्न कोलम्बियाली डाक्टरहरुलाई दक्षिणी ब्राजिलको लोकपि्रय खानाको स्वाद चखाउनेछन् ।

उनले आफू निको भएपछि बिमान दुर्घटना मृत्यु भएका आफ्ना साथीका चापेकोमा रहेका परिवारसँग भेट्ने बाचा पनि गरेका छन् । ‘जव अहिले म यहाँ छु कि म आफ्नै घरमा भएको अनुभुत गरिरहेको छ । म आफ्नो टोलीका लागि पहिलेभन्दा धेरै खुसी दिलाउने प्रतिबद्धता व्यक्त गर्छु । म छिट्टै मैदानमा र्फकनेछु’ एलनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment