+
+
Shares

सत्तारुढ दलले हलो अड्काएः बाबुराम

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष ३ गते १४:४३

baburam-bhattarai

३ पुस, गोरखा । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले अहिलेको संविधान संशोधन हुनुपर्ने बताएका छन् ।

‘संविधान संशोधन गर्न हुन्न भन्दै प्रमुख सत्तारुढ दलहरुले देशको आर्थिक समृद्धिमा हलो अड्काउने काम गरिरहेका छन्,’ भट्टराईले भने । संविधान संशोधन गर्न हुन्न भन्नु गलत भएको भन्दै सबैजात जातिको हक अधिकार सुनिश्चिताका लागि संबिधान संशोधन आवश्यक रहेको उनले बताए ।

नयाँ शक्ति बिद्यार्थी युनियनले गोरखा क्याम्पसमा आयोजना गरेको ‘बिद्यार्थीसँग बाबुराम’ कार्यक्रमलाई सम्बोधन गर्दैै डा. भट्टराईले अहिलेको संविधानमा सबैको हक अधिकार सुनिश्चित नभएको भन्दै यसमा संशोधन आवश्यक रहेको बताए ।

उनले भने ‘नेपाल भनेको मधेसी, आदिवासी जनजाति, दलित, महिला, आर्य, खास सबै जातजातिको हो तर अहिलेको संबिधानमा सबैको अधिकार सुनिश्चित छैन ।’ देशलाई संघीय ढाँचामा लगेर सबै जातजातिको हक अधिकार सुनिश्चित हुने गरी संबिधान संशोधन गर्नुपर्ने उनको भनाइ थियो ।

संबिधानमा सबैको हक अधिकार सुनिश्चित नभएका कारण अहिलेसम्म कार्यान्वयन हुन नसकेको भट्टराइको तर्क छ ।

त्यस्तै शासकीय स्वरुपमा पनि परिवर्तन आवश्यक रहेको भट्टराईले बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणालीमा जानुपर्ने भट्टराइको भनाइ थियो । ‘९/९ महिनामा आलोपालो भागवण्डा गरेर सरकार चलाएर देश बिकास हुदैन,’ उनले भने ‘निर्वाचित कार्यकारी प्रणाली लागू भयो भने कम्तिमा पाँच बर्ष सम्म सरकारको स्थायित्व रहन्छ र देशको आर्थिक समृद्धि सम्भव हुन्छ ।’ सरकार परिवर्तनमै समय खेर गएको भन्दै भट्टराईले दलीय भागवण्डा अन्त्य गर्न आवश्यक रहेको बताए ।

बिकास मरहट्टाको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?