Comments Add Comment

महिनौं संसद अवरोध खेप्छु, तर राजीनामा दिन्नँ : प्रचण्ड

एमालेले राष्ट्र विखण्डनको लाइन समातेको आरोप

prachand-photo

३ पुस, विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन नहुँदासम्म र स्थानीय निकायको निर्वाचन नहुँदासम्म प्रधानमन्त्रीबाट राजीनामा नदिने बताएका छन् ।

विराटनगरमा प्रदेश नम्बर एकको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले प्रतिपक्ष नेकपा एमाले आफूलाई प्रधानमन्त्रीको पदबाट हटाउने दाउमा लागेको बताए ।

उनले भने, ‘जनताको अधिकार सुनिश्चित नहुँदासम्म तपाईहरुलाई लाग्या होला, फुत्तै राजीनामा दिन्छ भन्ने तर म राजीनामा दिन्न । तपाईंहरु ढुक्क हुनुहोस् संसदमा दर्ता भएको विद्येयक पारित नगरी म राजीनामा दिन्न बरु महिनौं संसद अवरोध खेप्न तयार छु ।’

संविधान संसोधनको प्रस्ताव फिर्ता गराउने बहानामा संसद र सडक आन्दोलन गर्ने कार्य एमालेको संविधान खारेज गराउने उद्देश्यबाट प्रेरित भएको उनले बताए ।

उनले प्रदेशको चुनाब नगरे संविधान नै खारेज हुने आशंका गरे ।

एमालेले राष्ट्र विखण्डनको लाइन समातेको आरोप

प्रधानमन्त्री प्रचण्डले भने केपी, ‘ओलीलाई प्रधानमन्त्री बनाउने ग्यारेण्टी गरेको कारण संविधान जारी भएको हो । त्यसबेला संविधान जारी गर्नकै लागि ओलीसँग प्रधानमन्त्री पद साटेको हो । तर अहिले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता हुदैन ।’

अहिले एमालेले राष्ट्र विखण्डनको लाइन समातेको आरोप पनि उनले लगाए । ‘हिमाल, पहाड र तराई मधेसलाई एकताबद्ध बनाउने लाइन नै राष्ट्रवादी लाइन हो । राष्ट्र विखण्डन गर्ने आपराधिक लाइनमा अहिले एमाले देखिएको छ यसलाई समर्थन गर्न सकिँदैन,’ प्रचण्डले भने ।

उनले संविधान असफल बनाउने खेल सुरु भएकाले सचेतपूर्वक लाग्न पार्टी कार्यकर्तालाई निर्देशन समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment