Comments Add Comment

अल्पाइन डेभलपमेन्ट बैंकले फेरी हकप्रद दिने, पहिले हकप्रद पाएकाले बोनस पनि पाउने

cap

४ पुस, काठमाडौं । अल्पाइनका लगानीकर्ताले कम्पनीबाट अपेक्षा गरेभन्दा बढि प्रतिफल पाउँने अवस्था बनेको छ । बैंकको सोमवार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई पुनः ३ बराबर २.०८ कित्ता हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैंकले यसअघि जारी गरेको हकप्रदपछि हुने पुँजीको आधारमा १४.५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पनि राष्ट्र बैंकबाट पारित भएको जानकारी नेप्सेलाई दिएको छ । यसअघि पनि बैंकले ३ बराबर २ कित्ता हकप्रद सेयर जारी गरेको थियो । बैंकको यी दुवै प्रस्ताव साधारण सभाबाट पारित भएमा चुक्ता पूँजी ४६ करोड रुपैयाँ पुग्ने छ । बैंकले चालु आवबाट हुने आम्दानीको आधारमा पनि १५ प्रतिशत बोनस सेयर दिन सकिने प्रक्षेपण गरेको छ ।

cap-1

यसो भएमा बैंकले आफ्नै बलबुतामा चुक्ता पूँजी ५० करोड रुपैयाँ पुर्याउन सक्षम हुने छ । राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले चुक्ता पूँजी वृद्धि गर्न लागेको हो । बैंकले १३ गतेबाट बुक क्लोज हुने उल्लेख गरेको छ । यस अघिल्लो दिनसम्म बैंकमा सेयर स्वामित्व हुने वा सेयर खरिद गर्नेले मात्र बोनस सेयर प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment