४ पुस, बुटवल । नेकपा एमाले निकट युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीमाथि गोली प्रहार भएको छ । गोली लागेर तिवारी घाइते भएका छन् । उनलाई देवदह मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको छ ।
देवदह नगरपालिकाको खैरहनी बजारमा सोमबार दिउँसो तिवारीमाथि गोली प्रहार भएको हो । गोली हान्ने समूहको पहिचान भएको छैन ।
रातो पल्सर मोटरसाइकलमा चढेका दुईजना व्यक्तिले गोली हानेर फरार भएको डिएसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।
उनका अनुसार गोली हान्ने व्यक्तिहरुको खोजी कार्यलाई तिव्रता दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4