Comments Add Comment

जिल्ला अदालत काठमाडौंको नौ वटा इजलास विशेष अदालतमा सर्ने

४ पुस, काठमाडौं । जिल्ला अदालत काठमाडौँले नौ वटा इजालासलाई विशेष अदालतमा सार्ने भएको छ ।

kathmandu-district-courtजिल्ला अदालत काठमाडौंले गरेको पत्रकार सम्मेलनमा ३३ वटा इजलासमध्ये २५ देखि ३३ सम्मका नौ वटा इजलासलाई यही पुस १० गतेदेखि विशेष अदालतमा सार्ने तयारी भएको अदालतका स्रेस्तेदार ध्रुवप्रसाद उप्रेतीले जानकारी दिए ।

उनले सेवा प्रवाहमा सुगमता ल्याउनका लागि थप सहयोग पुग्ने र काम कारबाही व्यवस्थित गर्ने उद्देश्यका साथ विशेष अदालतको भुइँतला र दोस्रो तलामा सो इजलास सार्न लागिएको बताए ।

त्यसैगरी, सेवाग्राहीको सहजताका लागि काठमाडौँ अदालत र विशेष अदालतबीचमा पर्ने सडकमा आकाशे  पुलसमेत निर्माण गर्न लागिएको हो । सेवाग्राहीलाई आवतजावत गर्दा उत्पन्न हुनसक्ने सडक दुर्घटनासमेतलाई ध्यानमा राखेर सो स्थानमा आकाशे पुल निर्माण गर्ने कार्यलाई तीव्ररुपमा अगाडि बढाएको स्रेस्तेदार उप्रेतीले बताए ।

सडक विभागबाट माटो परीक्षण गरी सो पुलको निर्माण कार्य अघि बढाइसकेको छ । काठमाडौँ अदालतको छुट्टै वेबसाइट निर्माण गर्ने सम्बन्धमासमेत सर्वोच्च अदालतसँग समन्वय भइरहेको स्रेस्तेदार उप्रेतीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment