६ पुस, कैलाली । प्रधानमन्त्री प्रचण्डले राजनीतिक पार्टीहरुको सहमतिमा सबैलाई मान्य हुनेगरी स्थानीय तहको निर्वाचनमा जानुको बिकल्प नभएको बताएका छन् ।
बुधबार कैलालीमा ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन’को उदघाटन गर्दै प्रधानमन्त्रीले संसदमा सरकारले दर्ता गरेको संविधान संशोधनको प्रस्ताव फिर्ता नहुने प्रष्ट पारे ।
राजनीतिक गतिरोध अन्त्यका लागि राजनीतिक पार्टीहरुको सहमतिमा स्थानीय तहको निर्वाचनमा जानु उत्तम बिकल्प हुने उनले बताए ।
सुपरजोनको उदघाटन गर्दै प्रधानमन्त्री प्रचण्डले देशमै धेरै गहुँ उत्पादन हुने जिल्ला कैलालीलाई यस कार्यक्रमले कृषि आधुनिकीकरणतर्फ अग्रसर बताउने बताए ।
देशमै पहिलो पटक कैलालीका ४ गाबिसलाई समेटेर गहुँको सुपरजोन कार्यक्रम लागू भएको हो । कैलालीको उदासिपुरमा ९ जना कर्मचारी राखेर कार्यालयको स्थापनासमेत गरिएको छ ।
सुपरजोन लागू भएका अन्य गाबिसहरुमा बसौटी, पहलमानपुर, मसुरिया रहेको कृषि बिकास मन्त्रालयका सचिव डा. सुरज पोखरेलले जानकारी दिए ।
गाउँमै किसानहरुको समूह बनाएर बिउ उत्पादन, प्रबिधि बिकास लगायतका कामहरु गरिने बताउदै सचिव डा. पोखरेलले कृषि अनुसन्धान केन्ऽकोसमेत प्रत्यक्ष सहभागिता रहने हुँदा गहुँको आधुनिक खेतीतर्फ टेवा पुग्ने बताए ।
प्रतिक्रिया 4