Comments Add Comment

तीन महिनामै लघुवित्तले गुमाए ३ अर्ब पूँजी स्रोत

bipanna
८ पुस, काठमाडौं । तीन महिनामै लघुवित्त कम्पनीहरुले ३ अर्ब रुपैयाँ पूँजी स्रोत गुमाएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको मौद्रिक नीतिको त्रैमासिक समिक्षाले यस्तो देखाएको हो ।
वाणिज्य बैंकहरुले कुल कर्जामध्ये विपन्न वर्गमा प्रत्यक्ष रुपमा दुई प्रतिशत प्रवाह गर्नुपर्ने व्यवस्था मध्ये असोजसम्मको लक्ष्य हासिल भएको राष्ट्र बैंकले समिक्षामा उल्लेख गरेको छ । असोजसम्म बैंकहरुले कुल कर्जाको १.२ प्रतिशत रकमको विपन्न वर्ग कर्जा प्रत्यक्ष रुपमा आफैले जारी गरेका छन् ।
बैंकहरुले यो अवधिमा विपन्न वर्गमा प्रत्यक्ष रुपमा १५ अर्ब ३० करोड रुपैयाँ कर्जा लगानी गरेका हुन् । असारसम्ममा १२ अर्ब ४० करोड रुपैयाँ यस्तो कर्जा गएको थियो ।
बैंकहरुले आफुले प्रत्यक्ष लगानी गर्नुभन्दा लघुवित्त  कम्पनीमार्फत विपन्न वर्ग कर्जा जारी गर्दै आएका थिए । यसरी लगानी गर्दा खर्च व्यवस्थापन हुने भन्दै बैंकहरुले प्रत्यक्ष लगानी बढाउन मानिरहेका थिएनन । तर राष्ट्र बैंकले मौद्रिक नीतिबाट यसलाई बाध्यकारी बनाएको हो । वाणिज्य बैंकहरुले आफैले लगानी बढाउन परेपछि लघुवित्त कम्पनीहरुको पूँजी स्रोत भने गुम्दै गएको छ ।
मौद्रिक नीति सार्वजनिक भएसँगै बैंकहरुहरुले नयाँ व्यवस्थापछि लघुवित्त कम्पनीबाट ७२ अर्ब रुपैयाँ निकाल्नुपर्ने अवस्था आउने बताएका थिए । राष्ट्र बैंकले चरण बद्ध तालिका बनाएर वाणिज्य बैंकहरुलाई २०७४ असार मसान्तभित्र विपन्न वर्गमा प्रत्यक्ष कर्जा लगानी ५ प्रतिशत पुर्याउनु निर्देशन दिएको छ ।
bipann-12

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment