Comments Add Comment

नेपाल बंगलादेश बैंकको शाखा कञ्चनपुरको झलारीमा

nb-b
११ पुस, काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा कञ्चनपुरको झलारी पिपलडाँडी नगरपालिका-१० मा ३७ औं शाखा संचालनमा ल्याएको छ ।

शाखाको औपचारिक समुद्घाटन बैंकका संचालक माधवप्रसाद न्यौपानेको सभापतित्व तथा बैंकका नायब महाप्रबन्धक सुरेन्द्र भुषण श्रेष्ठको उपस्थितिमा प्रमुख अतिथी बैंकका संचालक दीपक कार्कीले गरे ।

कार्यक्रममा बैंकको एटिएमको उद्घाटन झलारी-पिपलडाँडीका प्रमुख कार्यकारी अधिकृत रघुनाथ अवस्थीले गरे ।
साथै कार्यक्रममा झलारी शाखाप्रमुख तर्कबहादुर साउदले बैंकका सेवाहरुको बारेमा आफ्नो मन्तव्य व्यक्त गरे ।

झलारी शाखासहित बैंकले ३७ शाखा, २ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैंकिङ्ग सेवा तथा ३६ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment