Comments Add Comment

इन्नोभेटिभ र अरनिको एक्वायर गर्न सेञ्चुरी बैंकलाई सैद्धान्तिक सहमति

१३ पुस, काठमाडौं । इन्नोभेटिभ डेभलपमेन्ट बैंक लिमिटेड र अरनिको डेभलपमेन्ट बैंकलाई एक्वायर (प्राप्ति) गर्न सेञ्चुरी कमर्सियल बैंकले नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेको छ ।

सेञ्चुरीले प्राप्ती, हकप्रद तथा मुनाफा आर्जनबाट बोनस वितरण गरेर राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउने लक्ष्य लिएको छ । बैंकले गत असोज मसान्तसम्म ३१ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन र २७ अर्ब ६० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । बैंकको यो अवधिमा १२ करोड ३१ लाख रुपैयाँ सञ्चालन मुनाफा र ७ करोड ४३ लाख खुद मुनाफा आर्जन भएको छ । त्यसैगरी इन्नोभेटिभ र अरनिकोलाई प्राप्ती गरेपछि बैंकको शाखा संख्या ५० भन्दा बढी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment