Comments Add Comment

छापामार शैलीमा गाडी जलाउनेहरु युवा संघका कार्यकर्ता भएको पुष्टि (भिडियोसहित)

'गाडी जलाइयो-फुटाइयो, अब नेपाल बन्द गर्नुपर्छ'

१५ पुस, काठमाडौं । नयाँ बानेश्वरमा सरकारी गाडीमा आगजनी र तोडफोड गर्नेहरुको पहिचान खुलेको छ । उनीहरु एमाले समर्थित युवा संघका कार्यकर्ता रहेको भिडियो र अडियोसहितको प्रमाण अनलाइनखबरले फेला पारेको छ ।

छापामार शैलीमा सरकारी गाडी तोडफोड गर्नेक्रममा युवा संघका कार्यकर्ताले संघको झण्डासमेत बोकेका थिए । उनीहरुले त्यसक्रममा युवा संघ नेपाल जिन्दाबाद भन्ने नारासमेत लगाएका थिए ।

‘गाडी जलाइयो, अब नेपाल बन्द गर्नुपर्छ’

गाडीमा आगो दन्किइरहेकै बेला आगजनी गर्नेहरु आफ्नो काम सकेर नजिकै रहेको युवा संघको केन्द्रीय कार्यलयमा छिरे । र, त्यहाँ भाषण गर्न थाले ।

निकै ठूलो होहल्ला र तालीको गडगडाहटवीच युवा संघका एक नेताले भने- ‘आज हामीले गाडी जलायौं, गाडी फुटायौं । अब नेपालबन्द गर्नुपर्छ ।’

कार्यालयको हलमा भीडभाडका वीच भाषण गरिरहेका ती नेताले दोहोर्‍याए- ‘कानूनकै कुरा गर्ने हो भने प्रचण्डले १७ हजार मान्छे मार्दा कानुन लागेन, यसको जवाफ कसले दिने ? अब हामीले आजै नेपाल बन्द घोषणा गर्नुपर्छ, गाडी जलाउनुपर्छ ।’

यस्तो भाषण भइरहँदा एमाले कार्यकर्ताहरुले हुटिङ गर्दै ताली बजाएका थिए ।

बाँकेमा आफ्ना कार्यकर्तामाथि खुकुरी प्रहार भएको भन्दै युवा संघका नेताले गाडी जलाइसकेपछि कार्यालयमा आयोजित भेलामा भने- ‘कुनै पनि नेता कार्यकर्ता व्यक्तिगत कारणले पिटिन्छ भने बेग्लै कुरा, अन्यथा पिटाइ खानेहरुमध्ये कसैको पक्षमा बोल्ने, कसैको पक्षमा नबोल्ने गर्नु हुँदैन ।’

भाषणकर्ताले पर्शुराम बस्नेतमाथि आक्रमण हुँदा देश ठप्प पार्ने तर, अरु मारिँदा वा कुटिँदा मौन बस्न नहुने बताए ।

प्रहरीले गाडी जलाउनेहरुको खोजी भइरहेको बताइरहेका बेला युवा संघको कार्यालयभित्र गाडी जलाएको संगठनले जिम्मा लिने कि नलिने भन्ने चर्काचर्की बहस भइरहेको थियो ।

gadi-agolagi-1

gadi-agolagi-2

youth-force youth-force-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment