+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

फूलको होइन, बिरालाको बगैँचा

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १६ गते २२:२५

cat-bichitraबोटविरुवा तथा फूलहरुले सजाइएको सुन्दर वगैँचाले जो कोहीको पनि मन हर्दछ । तर जब त्यस्तो बगैँचा फूल तथा रुखहरुको नभै बिरालाहरुको हुन्छ तब के होला ? भारतको गुजराँतस्थित गान्धीधाममा बस्ने एक मानिसले यस्तो बगैँचा तयार गरेका छन् जसको तपाइँ कल्पना पनि गर्न सक्नुहुन्न ।

 

उपेन्द्रभाइ र उनकी श्रीमती मिलेर एउटा यस्तो अनोठो बगैँचा तयार पारेका छन्, जसमा १ सय २८ प्रकारका बिरालोहरु राखिएको छ । उक्त बिरालो बगैँचा तयार पार्नमा ४० लाख भारु खर्च भएको थियो ।

पेसाले सामान ढुवानी व्यवसाई उपेन्द्रभाईकी छोरीको केही वर्ष पहिले सर्पले डसेर मृत्यु भएको थियो । छोरीको मृत्युपछि छोरीको मरणोपरान्त जन्मदिन मनाउन जब उनले एउटा केक किनेर ल्याए तब उक्त केक एक बिरालो आएर खाइदियो ।

त्यस दिनदेखि उपेन्द्रभाई र उनकी पत्नीले बिरालो पालन सुरु गरे र बिरालोहरु जम्मा गर्दै जाँदा अहिलेसम्म १ सय २८ वटा बिरालो जम्मा भैसकेका छन् । अनेक रंग तथा प्रकारका बिरालोहरु पालेको ठाउँ साँच्चीकै बहुरंगी बगैँचा जस्तै देखिन्छ । घरमा पालेका बिरालोहरुले दुखकष्ट नपाउन् भनेर उनीहरुले विशेष व्यवस्था समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?