Comments Add Comment

ढल्केबरबाट ४० मेगावाट बिजुली थपियो, कुलमान भन्छन्- लोडसेडिङ न्युनीकरणमा यसले थोरै मात्र मद्दत गर्छ

kulman-ghising

१७ पुस, काठमाडौं । शनिबार मध्यरातिदेखि भारतबाट थप ४० मेगावाट विद्युत आयात भएको छ । यससँगै अब भारतबाट आयात गरिएको विद्युतको मात्रा ३४० मेगावाट पुगेको छ ।

काठमाडौं उपत्यकालाई लोडसेडिङ मुक्त बनाउने अभियानलाई निरन्तरता दिन प्राधिकरणले हालै मात्र ८० मेगावाट विद्युत आयात गर्ने समझदारी गरेको थियो ।

त्यस अनुसार ४० मेगावाट शनिबार राति १२ बजेबाट आएको छ । भारतको मुज्जफरपुर ढल्केबर अन्तरदेशीय प्रशारण लाइनबाट विजुली आएको हो ।

प्राधिकरण प्रमुख कुलमान घिमिङले अनलाइनखबरलाई बताएअनुसार थप ४० मेगावाट फेब्रुअरी १३ बाट आयात हुनेछ । यससँगै भारतबाट आयात हुने विजुली ३८० मेगावाट हुनेछ ।

विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले अनलाइनखबरसँग भने- ‘कतिपयले भारतबाट ६ सय मेगावाटसम्म विद्युत आयात हुन लागेको बताएका छन्, यो सही होइन, यही जनवरीबाट ४० मेगावाट थपिएपछि अहिले ३४० मेगावाट मात्रै आयात हुँदैछ । यसभन्दा बढी आएको छैन ।’

विद्युत प्राधिकरणले तिहारदेखि काठमाडौंमा लोडसेडिङ गरेको छैन । र, यो वर्ष तालिका पनि नल्याउने बताएको छ ।

नदीमा पानीको बहाब घट्दै गएको छ, जसले कालीगण्डकीसहितका ठूला आयोजनाको विद्युत उत्यादनमा कमी आइसकेको छ । तर, जाडोका कारण विद्युत खपत भने बढी हुने भएकाले माग पनि बढ्नेछ ।

यस्तोमा माग र आपर्तिवीच सन्तुलन मिलाउन विद्युत प्राधिकरणलाई हम्मेहम्मे पर्न सक्छ ।

यही समयमा जलाशययुक्त आयोजना कुलेखानीबाट विद्युत उत्पादन गर्ने गरिएको छ । तर, यसले मात्र पर्याप्त नहुने भएपछि उर्जा मन्त्रालय र विद्युत प्राधिकरणले भारतबाट थप विद्युत आयात गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment