Comments Add Comment

क्यानवेरास्थित दूतावासको भ्रमण गरेपछि प्रभु साहले भने- समस्या समाधानको पहल गर्नेछु

prabhu-saha-at-australia

२ जनवरी, क्यानवेरा । व्यवस्थापिका संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु साहले अष्ट्रेलियाको क्यानवेरास्थित नेपाली दूतावासको भ्रमण गरेका छन् ।

सभापति साह हाल अष्ट्रेलिया भ्रमणमा छन् । आज अवलोकन भ्रमण गरेपछि साहले दूतावासले झेल्नु परेका समस्या समाधान गर्न नेपाल सरकारलाई सुझाव दिने अनलाइनखबरसँग बताए ।

‘दूतावासमा जनशक्तिको अभाव रहेछ, आफ्नै जग्गा र भवन पनि रहेनछ,’ भ्रमण पछि अनलाइनखबरसँग कुरा गर्दै साहले भने, ‘म नेपाल फर्किएर सरकारलाई जानकारी गराउने छु र समस्या समाधानका लागि पहल गर्नेछु ।’

सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका साहलाई कार्यवाहक राजदूत राजेन्द्र पाण्डेले बस्तुस्थितिबारे जानकारी गराएका थिए । पाण्डेका अनुसार दूतावासमा पर्याप्त जनशक्ति, पूर्वाधारको कमी छ जसका कारण कार्यसम्पादनमा अप्ठेरो परेको छ ।

अष्ट्रेलियन सरकारले नेपाल सरकारलाई आफ्नै दूतावास भवन बनाउनका लागि जग्गा किन्ने प्रक्रिया सुरु गर्न आग्रह गरेको छ । त्यसको जानकारी परराष्ट्र मन्त्रालयमा गराइएको पाण्डेले बताए ।

कार्यवाहक राजदूत पाण्डेले पूर्वमन्त्री समेत रहेका साहलाई दूतावास भवन बनाउन उपयुक्त हुने जग्गाको नक्सा पनि देखाएका थिए ।

सो अवसरमा अष्ट्रेलिया भ्रमणमा रहेका सांसद नागेन्द्र साह कलवार पनि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment