Comments Add Comment

सर्वोच्चमा संविधान संशोधनको बहस सकियो, आजै आदेश आउने

supreme-court-of-nepal

१८ पुस, काठमाडौं । संविधान संशोधन विधेयक रोक्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतमा बहस सकिएको छ । र, आजै आदेश आउने सम्भावना छ ।

संविधान संशोधन रोक्न माग गर्दै परेको रिटमा प्रधानन्यायाधीश सुशीला कार्की र ईश्वरप्रसाद खटिवडाको इजलासमा आइतबारबाट बहस सुरु भएको थियो । सोमबार बहस सकिएको छ ।

यदि सर्वोच्चले आदेश सुनाएमा अहिले देखिएको संशोधनको बहसले एउटा दिशा लिनेछ ।

सर्वोच्चले कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएमा संविधान संशोधन प्रस्ताव गैरकानुनी हुनेछ । तर, अन्तरिम आदेश दिन अस्वीकार गरेमा भने संशोधनका लागि बाटो खुल्नेछ र, सदनको अवरोध हटाउन एमालेसहितका विपक्षी दलहरुलाई दबाव पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment