Comments Add Comment

फिलिपिन्सको जेलमा हतियारधारीको आक्रमण, १५० कैदी भगाइए

 

milf-philippines
२० पुस, काठमाडौं । फिलिपिन्समा हतियारधारीको एक समूहले जेलमा आक्रमण गरी १५० भन्दा बढी कैदीहरुलाई भगाएका छन् । आक्रमणबाट एक सुरक्षागार्डको मृत्यु भएको छ ।

दर्जनौंको संख्यामा रहेका हतियारधारी समूहले किडापवान सहरमा पर्ने कोटाबाटो जिल्लाको जेलको मुख्य गेटमा आक्रमण सुरु गरेका थिए ।

फिलिपिन्स सैनिक र प्रहरीहरुको टोलीले जेलबाट भागेका कैदीहरुको खोजी र आक्रमणकारीविरुद्धको कारबाही जारी राखेका छन् । जेलबाट भागेकाहरुमध्ये ६ जनालाई पुनः नियन्त्रणमा लिइएको छ ।

आक्रमणकारी अलग्गै इस्लामिक राज्य माग्नेहरुसँग सम्वन्धित रहेको अनुमान गरिएको छ ।

फिलिपिन्समा मुख्यरुपमा क्याथोलिक धर्म मान्नेहरु अलग राज्यको माग गर्दै एक दशकदेखि संघर्ष गर्दै आएका छन् । उनीहरुले अपहरण, जेल ब्रेक, विष्फोट लगायतका गतिविधिहरु गर्दै आएका छन् ।

फलिपिन्समा एमआईएलए नामक सशस्त्र समूहले सरकारसँग शान्ति सम्झौता गरी हतियार बुझाउन सहमत भइसकेको छ तर, अन्य कैयौं गुटहरुले भने त्यसलाई अस्वीकार गरिरहेका छन् ।

फिलिपिन्समा जेलमा आक्रमण गर्ने र कैदीहरुलाई भगाउने घटना सामान्य जस्तै भइसकेको छ । तर, यो पछिल्लो एक दशककै सबैभन्दा ठूलो जेल आक्रमण भएको स्थानीय सन्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment