Comments Add Comment

कुकुरको उपचारमा डेढ करोड खर्चिए अमेरिकी दम्पत्तिले

dog-3मान्छेले घरपालुवा जनावरलाई कतिसम्म माया गर्छन् भन्ने उदाहरण एक अमेरिकी दम्पत्तिले देखाएका छन् । उनीहरुले घरमा पालेको कुकुरको उपचारका लागि एक लाख ५५ हजार डलर (डेढ करोड रुपैयाँभन्दा बढि) खर्चिए ।

अमेरिकाको विलियम्सवर्गमा बस्ने दम्पत्ति केट र बेन स्टर्नले सन् २०१३ मा जाने नामको एउटा फ्रेन्च कुकुर घरमा ल्याएका थिए । ल्याएको ६ महिनापछि कुकुर बिरामी पर्‍यो । शुरुमा लगातार वान्ता गर्न थाल्यो र पछि आफ्नै वान्ता सर्केर निमोनिया भयो । केट र बेन आफ्नो प्यारो कुकुरलाई बचाउन जे गर्न पनि तयार थिए । ड्रपबक्समा सफ्टवेयर डेभलपरका रुपमा काम गर्ने बेनले भन्छन्, ‘आर्थिक कारणले तपाईंको घरपालुवा जनावरको ज्यान जानु हुँदैन ।’

dog-1

शुरुको वान्तापछि जोनलाई स्थानीय भेटनरी क्लिनीकमा लगियो जहाँ उसलाई भेन्टिलेटरमा राखेर उपचार गर्दा १० हजार डलर खर्च भयो । बाँच्ने सम्भावना ३० प्रतिशत मात्र रहेको अवस्थामा जोनलाई एउटा पेट हस्पिटलमा पुर्‍याइयो । त्यहाँ पाँच दिन राख्दा ५० हजार डलर सकियो । फोक्सो र श्वासप्रश्वासको दिर्घरोगबाट पिडित जोनलाई तीन पटकसम्म भेन्टिलेटरमा राख्नुपर्‍यो । सबै गरेर अहिलेसम्म एक लाख ५५ हजार डलर खर्च भइसकेको बेनले बताए ।

जनावरको उपचारमा यति ठूलो रकम खर्चिएकोमा बेन दम्पत्तिलाई कुनै सुर्ता छैन । केट भन्छिन्, ‘हामीलाई आर्थिक रुपमा ठुलै धक्का लाग्यो तर पनि हामी खुशी छौं । कम्तिमा हाम्रो प्यारो कुकुरको ज्यान जोगिएको छ ।’

जोन अहिले पनि पूर्ण स्वस्थ भइसकेको छैन, तर उसको अवस्था सुधारोन्मुख छ । उसलाई अहिले दैनिक नौ वटा औषधि खुवाउने गर्नुपर्छ ।-डेलीमेलबाट

dog-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment