२१ पुस, काठमाडौं । सिटी एक्सप्रेसबाट पैसा पठाउँदा महोत्तरीका सन्दिलिपकुमार महतोले काठमाडौंमा ४ आनाम घँडेरी जितेका छन् । महतो दशैं तिहार र छठको अवसरमा लागू भएको ‘सिटी बजाउनुहोस् काठमाडौंमा घडेरी पाउनुहोस्’ उपहार योजनाको भाग्यशाली बम्पर उपहार विजेता घोषित भएका हुन् ।
कम्पनीले एक कार्यक्रमको आयोजना गर्दै बम्पर उपहार योजनाको विजेता विद्युतीय गोला प्रथामार्फत छनौट गरेको हो । महोत्तरीस्थित लक्ष्मीनिया-७ निवासी महतोले काठमाडौं उपत्यकामा ४ आना घडेरी जित्न सफल भएका हुन् ।
सोही योजना अन्तर्गत १२ जना साप्ताहिक बिजेताहरुले १२ थान ३२ इन्च एलइडी टेलिभिजन प्राप्त गरिसकेका छन् ।
यो योजनासँग सम्बन्धित सबै ग्राहकहरुलाई सिटी एक्सप्रेस मनी ट्रान्सफरल धन्यबाद ज्ञापन गरेको छ । विजेताको घोषणा सँगै कम्पनीले नयाँ लोगो पनि प्रयोजनमा ल्याएको जानकारी दिएको छ ।
कम्पनीले समयसँगै उपलब्ध गराउन थालेका विविध सेवा तथा सुविधामा ल्याएको परिस्कृतीकरण र बृहत्त सुविधालगायत कारणलाई दृष्टिगत गर्दै नयाँ लोगो प्रचलनमा ल्याएको जानकारी दिइएको हो ।
प्रतिक्रिया 4