Comments Add Comment

कसले लुट्यो रुवालीको जवानी ?

सिड्नी । ‘तिमी फूल बगैंचाको, म रस खोजी हिँड्ने भमरा’ गीतबाट नेपाली गीत संगीतमा गीतकारको रूपमा उदाएका राम रूवालीले फेरि अर्को गीत रेकर्ड गराएका छन् । उनले हालै ‘सबैले लुटे मेरो जवानी’ गीत अष्ट्रेलियामा रेकर्ड गराएका छन् ।

mero-jawani-ram-ruwaliबिभिन्न बिधामा गीत लेख्न रूचाउने रूवाली यो गीत नितान्त नारी संवेदनामा आधारित र सन्देशमुलक रहेको बताउँछन् ।

यो गीतमा नवगायीका स्मृती पोख्रेलले फरक पप शैलीमा आफ्नो स्वरमा गीत रेकर्ड गराएकी छन् । यस गीतमा संगीत तथा कम्पोज अनिश श्रेष्ठले गरेका छन् ।

यो गीतको पोष्ट प्रोडक्सनको काम सकेर स्रोता तथा दर्शकमाझ छिट्टै आउने डाइनामिक मिडियाका बजार ब्यवस्थापक जी. रूवालीले बताए ।

रूवालीले पहिलोपटक ‘जिन्दगी त चलेकै छ तिम्रो साथ छुटे पनि बाहिर त हाँसेकै छु, भित्र मुटु जले पनि’ गीत रचना गरेका थिए । यस गीतमा शिव परियारको स्वर छ भने बसन्त सापकोटाले संगीत भरेका छन् । यो गीत पनि पोष्ट प्रोडक्सनको काम सकिएर बजारमा छिट्टै आउन लागेको रूवालीले बताए ।
‘मायाँ तिमी कहाँ छौ’ बोलको अर्को गीत पनि रेकर्डिंमा रहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment