Comments Add Comment

१० वर्षमा १९२ किलो, यी हुन् विश्वकै सबैभन्दा वजनदार बच्चा

arya-permanaयी बच्चाको उमेर जम्मा १० वर्षको छ, तर उनको वजन भने १९२ किलो छ । आर्य परमाना इण्डोनेसियामा बस्छन् । उनी विश्वका सबैभन्दा वजनदार बालक हुन् ।

ती मोटा बच्चाको जिउलाई मिल्ने कपडा बजारमा पाउन मुस्किल पर्छ । ती बच्चाको मोटोपना यति तिव्र रुपमा बढिरहेको छ की उनका बाबुआमाले उनलाई पेटभरी खुवाउन पनि बन्द गरेका छन् ।

आर्य जन्मिँदा ३ किलो २ सय ग्राम तौलका थिए । दुई वर्षको उमेरसम्म उनको सरीर सामान्य नै थियो । तर त्यसपछि उनको वजन अचानक बढ्न थाल्यो । वजन अनियन्त्रित रुपमा बढ्दै गएर उनी आजको अवस्थामा पुगे । उनको जिउको अवस्था यस्तो भैसकेको छ की जिउलाई मिल्ने कपडा नपाउँदा च्यादर ओढेर बस्न बाध्य छन् ।

आर्यले आफ्नो जिउको वजन धान्न पनि सक्दैनन् र केवल एक दुई पाइला मात्र हिँड्न सक्छन् । मोटोपनाको कारण उनी स्कुल पनि जान छाडेका छन् ।

आर्यका बुवाआमा गरीब छन् । स्थानीय डाक्टरहरुलाई देखाउँदा आर्यको रोग पत्ता लागेको छैन र सहरमा ठूलो अस्पतालमा लगेर जाँच गराउनुपर्ने सल्लाह उनीहरुले पाए । तर साधारण किसान रहेका आर्यका बुवाआमासँग उनलाई सहर लगेर उपचार गराउने पैसा छैन र उनीहरु दानी मानिसहरुको सहयोगको खोजीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment