+

बिल्बाओले बार्सिलोनालाई हरायो

२०७३ पुष  २२ गते १०:४६ २०७३ पुष २२ गते १०:४६
बिल्बाओले बार्सिलोनालाई हरायो

barcelona-messi

२२ पुस, काठमाडौं । स्पेनिस कोपा डेल रे कपको अन्तिम १६ को पहिलो लेगमा बार्सिलोना एथ्लेटिको बिल्बाओसँग पराजित भएको छ ।

९ खेलाडीमा सिमित बिल्बाओले बार्सिलोनालाई २-१ ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा बिल्बाओले २५ औं मिनेटमा एडुरिजको गोलबाट अग्रता लिएको थियो । तीन मिनेटपछि नै विलियम्सले टोलीको अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा बार्सिलोनाले केही सुधारिएको प्रदर्शन गर्‍यो । ५२ औं मिनेटमा लिओनल मेस्सीले गोल गर्दै बिल्बाओको अग्रता २-१ मा झारे ।

७४ औं मिनेटमा राउल गार्सिआ र ८० औं मिनेटमा इटिआजोले रातो कार्ड पाएपछि बिल्बाओ ९ खेलाडीमा सिमित भयो । तर, बार्सिलोनाले यसको फाइदा लिन सकेन । अन्तिम समयमा मेस्सीको प्रहार बारमा लागेपछि बार्सिलोनाले २-१ को हार स्वीकार गर्‍यो ।

बार्सिलोना
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय