Comments Add Comment

डीपीएलको अक्सनमा चार क्रिकेटरमाथि लाग्यो एक लाखको बोली

cricket-player

२३ पुस, काठमाडौं । धनगढी प्रिमियर लिगका लागि भएको अक्सनमा चार क्रिकेटरमाथि एक लाख बोली लागेको छ ।

राष्ट्रिय टोलीका सोमपाल कामी, करण केसी, सागर पुनसँगै मेहबुब आलमलाई क्लबहरुले एक लाखको भाउ लगाएका हुन् । सागर पुनलाई कञ्चनपुर आइकोनिकले अनुवन्धित गरेको छ भने मेहबुब आलम र करण केसीलाई सीबाईसी अत्तरिया र सोमपाल कामीलाई काठमाडौं गोल्डेन्सले अनुवन्धित गरेको छ ।

छवटै टिमले सोमपालमाथि एक लाख भाउ लगाएका थिए, तर गोलाप्रथाबाट काठमाडौंले बाजी मारेको छ ।

नेपाल क्रिकेट प्लेयर्स एशोसिएनसँगको सहकार्यमा भएको अक्सनमा राष्ट्रिय टोलीका सदस्यलाई न्यूनतम मूल्य ५० हजार र अधिकमत एक लाख तय गरिएको थियो ।

पृथु बास्कोटालाई टिम चौराहाले र प्रदिप ऐरीलाई अत्तरियाले ९० हजारमा अनुवन्धित गरेको छ ।

dpl

दिपेन्द्र सिंह ऐरीलाई विराटनगर किङ्ग्सले ८० हजारमा अनुवन्धित गरेको छ । यू-१९ एसिया कपमा उत्कृष्ट प्रदर्शन गरेका उनलाई पनि छवटै टोलीले अधिकतम ८० हजार भाउ लगाएका थिए । तर, गोलाप्रथामा विराटनगर जित्यो ।

विक्रम शोबलाई रुपेन्देही च्यालेन्जर्सले, सुवास खकुरेललाई बिराटनगर, सन्दिप सुनारलाई सीबाईसी अत्तरिया, आरिफ शेखलाई टिम चौराहा, अभिनाष कर्ण र सुनिल धमलालाई कञ्चनपुर आइकोन र भुवन कार्कीलाई काठमाडौं गोल्डेन्सले समान ८०/८० हजारमा अनुवन्धित गरेको छ ।

राजु रिजाल र प्रेम तामाङलाई लाई टिम चौराहा धनगढीले समान ७० हजार भाउ लगाएको छ । सन्दिप लामिछानेलाई विराटनगर नै ६० हजारमा अनुवन्धित गरेको छ । जबकी उनको अधिकतम ८० हजारसम्म थियो ।

अत्तरियाको कप्तान ज्ञानेन्द्र मल्ल, विराटनगरको शरद भेषावकर, काठमाडौंको बसन्त रेग्मी, रुपन्देहीको शक्ति गौचन, कञ्चनपुरको विनोद भण्डारी र धनगढीको पारस खड्का कप्तान छन् । र, उनीहरुले समान १ लाख ५० हजार पारिश्रमिक पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment