Comments Add Comment

आलुको बोक्रा फालेर खानुहुन्छ ? त्यसो नगर्नुस्

sweet-potatoहाम्रो खानामा आलु सबैभन्दा बढी प्रयोग हुने तरकारीमा पर्छ । त्यसैले आलुलाई तरकारीको राजा पनि भनिन्छ । तर, हामीमध्ये धेरैले आलुको प्रयोग गर्दा बोक्रा भने फाल्नेे गर्छौ । विज्ञहरु भने आलुमा भन्दा बोक्रामा बढी तागत पाइने बताउँछन् ।

फाइबर तथा अन्य पौष्टिक तत्वले भरिपूर्ण हुने भएकोले आलुको बोक्रा हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसमा झण्डै ९० प्रतिशत पौष्टिक तत्व रहेको हुन्छ । त्यसैले आलुलाई ताछेर खानु भनेको त्यो पौष्टिक तत्व नष्ट गर्नु हो ।

आलुको बोक्राले स्वास्थ्यमा पुर्‍याउने फाइदा यस्ता छन्ः

रोग प्रतिरोधात्मक क्षमता बढाउँछः आलुको बोक्रामा भिटामिन सी पाइन्छ । जसले हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
तौल कम गर्छः हामीमध्ये कतिपय आलुुले तौल बढाउँछ भनेर सकेसम्म कम खान छोड्छौं । तर, यसको ठीक विपरीत आलुको बोक्रामा फ्याट कम हुन्छ । जसले हाम्रो शरीरको तौल घटाउन मद्दत गर्छ ।

क्यान्सरको जोखिम कम गर्छः आलुको बोक्रामा फाइटोकेमिकल्स धेरै हुन्छ । यसले हामीलाई क्यान्सर रोगको जोखिमबाट बचाउँछ । मुटु रोगमा फाइदा दिन्छः सामान्यतया शरीरमा कोलस्ट्रोलको मात्रा बढ्दा हृदयाघात र मुटु सम्बन्धी रोगले सताउने गर्छ । तर, आलुको बोक्रामा पाइने फाइबर तथा विभिन्न पौष्टिक तत्वले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउन मद्दत गर्छ । जसले गर्दा मुटु रोगको जोखिम घटाउँछ । त्यसैले आलुको बोक्रालाई कार्डियोप्रोटेक्टिभ अर्थात् मुटुको सुरक्षा गर्ने तत्व समेत भनिन्छ ।

छालाको लागि फाइदाजनकः आलुको बोक्रामा एन्टी अक्सिडेन्ट तथा एन्टी इन्फेमेन्टरी तत्व पाइने भएकोले अनुहारमा जलन भएको खण्डमा यसलाई लगाएमा पीडा कम गर्न मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment