+
+
Shares

मलेसियामा नेपालीले गरे आत्महत्या

रामचन्द्र नेपाल रामचन्द्र नेपाल
२०७३ माघ १ गते १७:२३

sucide

क्वालालम्पुर । मलेसियामा एक नेपालीले विष सेवन गरेर आत्महत्या गरेका छन् । पि्रति गाविस वडा न ७ रामेछाप घर भई मलेसियामा कार्यरत शैलेश धनुकेले विष सेवन गरी आत्महत्या गरेका हुन् ।

धनुके झोक्याएर वसेको देखेपछि साथीहरुले कम्पनी मालिकलाई खबर गरेका थिए । कम्पनी मालिकले तत्कालै अस्पताल लगेकामा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

दुई वर्ष अगाडि मात्रै उनी रोजगारीको लागि तेलोक इन्तानमा रहेको सेन्ट्रल मेडिकियर कम्पनीमा आएका थिए ।

उनको शव तेलोक इन्तानकै स्थानीय अस्पतालमा रहेको र शव पठाउन आवश्यक प्रकृया अगाडि वढाइएको सोहि कम्पनीमा कार्यरत ओखलढुंगाका कुलवहादुर कार्कीले अनलाइनखबरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?