Comments Add Comment

भूकम्पपछिको पुनर्निर्माणः योजना बन्छ, काम हुँदैन

reconstruction-punarnirman२ माघ, काठमाडौं । २०७२ सालकाे गोरखा भूकम्पपछि तत्कालीन सरकारले  माघ २ गते भूकम्पप्रतिरोधी दिवस विशेष बनाउने निर्णय गर्‍यो । तर यो वर्ष ठोस काम गरेरभन्दा तामझाममा नै बित्यो।  सोही दिवस पारेर राष्ट्रप्रमुखबाट शिलान्यास र उद्घाटन भएका कार्यक्रमले एक वर्षमा पनि उल्लेख्य उपलब्धि हासिल गर्न सकेन। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

गतवर्ष माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माणका लागि शिलान्यास गरेकाे काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पुनर्निर्माण सुरु भए पनि विवादका कारण रोकिएको छ।

गतवर्षको माघ २ गते नै पारेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको पुरानो नेवारी बस्ती बुङ्मतीलाई एकीकृत सघन बस्तीका रूपमा पुनर्निर्माण गर्न तामझामसहित उद्घाटन गरे। त्यसबेला बस्तीको प्रवेशद्वारमा यूएन ह्याविट्याटले राखिदिएको बृहत् गुरुयोजनाको फ्लेक्स बोर्ड अहिले फाटिसकेको छ।  बस्ती विकासको ठोस काम भने अझै भएको छैन।

याेलगायत देशैभरकाे स्थिति उस्तै छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment