Comments Add Comment

नसर्ने रोगको परिक्षण नेपालमै गर्ने व्यवस्था मिलाउँछौं: मन्त्री थापा

Gagan Thapa (3)

२ माघ, काठमाडौं । स्वास्थ्य मन्त्री गगनकुमार थापाले नसर्ने रोगको परिक्षण नेपालमै गरिने व्यवस्था मिलाउने बताएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको नवनिर्मित भवन उद्घाटनका क्रममा मन्त्री थापाले नेपालमा नयाँ रोगको संक्रमण बढ्दै गएकाले यसको रोकथामका लागि नेपालमै परिक्षण गर्ने व्यवस्था मिलाउन आफू लागिपरेको बताए । यसको लागि मन्त्रालयले बजेट छुट्याएको उनले जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय जनस्वास्थय प्रयोगशालाकी निर्देशक डाक्टर गिता शाक्यले जनशक्ति तथा पुर्वाधारको अभावका कारण अपेक्षित काम गर्न नसकिएको बताइन् ।

तीनवटा भवनबाट सेवा सुरु भएको छ, जसमा व्लक ए बाट नसर्ने रोगबारे सामान्य ल्याव परिक्षण गरिनेछ ।

व्लक बी बाट टीभी, भाइरल इन्फ्लुएञ्जा लगायतका श्वास प्रस्वासको माध्यमबाट सर्ने रोग लगायत अति जोखिम अवस्थाका विरामीहरुको ल्याब परिक्षण गरिनेछ भने हालै उद्घाटन गरिएको व्लक सी भवनबाट सामान्य संक्रमण भएको विरामीको ल्याव परीक्षण गरिनेछ । जसमा एच्आईभी, हेपाटाइटिस लगायतका विभिन्न रोगको प्रयोगशाला परिक्षण तथा अनुसन्धान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment