Comments Add Comment

डेन्ड्राइड सुँघ्ने पैसाका लागि १६ वर्षे किशोरले गरे सैनिक जवानको हत्या

marder

५ माघ, काठमाडौं । बिहीबार काठमाडौंको बाफलस्थित पुलमा एक व्यक्ति मृत अवस्थामा भेटिए । बिहानै सडकमा ढलिरहेको अवस्थामा भटिएका व्यक्ति सैनिक जवान युवराज घिमिरे थिए ।

घिमिरेको हत्या भएको देखिएपछि स्वयम्भु र कालिमाटी बृतको टोलीले अनुसन्धान अगाडी बढाएको थियो । अनुसन्धानका क्रममा सडक वालकहरुले लागुऔषध खाने पैसाको लागि घिमिरेको हत्या गरेको खुलेको छ ।

स्यम्भु बृतका डीएसपी कोमल शाहका अनुसार राति १० बजे स्युचारटार स्थित घर जाँदै गरेको अवस्थामा सडकमा सुतिरहेका तिन जना वालकहरुले घिमिरेको हत्या गरेका थिए । हत्याको आरोपमा गोरखा चनौदीका वर्षीय पवन कार्की, सर्लाही नयाँ रोडका रोशन परियार, बैतडीका कविन्द्र बोहरालाई पक्राउ गरेको छ ।

पक्राउ परेका तिनै जना १६ वर्ष उमेरका किशोर हुन् । डीएसपी शाहका अनुसार बोहराको खासै संलग्नता देखिएको छैन भने अरु दुइ जना घटनाका मुख्य आरोपीहरु हुन् ।

लागुऔषधका लागि हत्या

सडकमै सुत्ने गरेका परियार र कार्कीले डेन्ड्राइड सुँध्ने पैसा नभएपछि घिमिरेको हत्या गरेको बयान दिएका छन् ।

‘साँझ सडकमा रक्सी खाएर जो आउँछ, उसैलाई लुटने योजना बनाएर बसेका रहेछन् । घिमिरे त्यही बाटो घर जाँदै गर्दा मारिएको देखिन्छ’ डीएसपी शाहले भने ।

सुरुमा रोकेर लुट्न खोजे पछि घिमिरेले प्रतिवाद गरेको देखिए पनि तीन जनालले समातेर टाउकोमा ढुंगाले प्रहार गरेका थिए । घिमिरे ढलेपछि उनको साथमा भएको ल्यापटप, मोबाइल र पर्स लिएर तीनै जना फरार भएका थिए ।

प्रहरीले लुटेको मोबाइल खरिद गरेको आरोपमा मोबाइल पसल सञ्चालक रुपेश श्रेष्ठलाई पनि पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment