Comments Add Comment

एक साताभित्र स्थानीय चुनावको मिति घोषणाः नारायणकाजी

narayan-kaji

५ माघ, नेपालगञ्ज । माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एक साताभित्र स्थानीय निर्वाचनको मिति घोषणा हुने दाबी गरेका छन् ।

उनले संविधान कार्यान्वयनको लागि पनि निर्वाचन आवश्यक भएकोले अव निर्वाचनको मिति घोषणा गर्न ढिलाई गर्न नहुने भएकोले पनि एक सात भित्रै स्थानीय निकायको निर्वाचनको मिति घोषणा हुनेमा आफु विश्वस्त रहेको बताए ।

प्रेस सेन्टर नेपाल बाँकेले नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष श्रेष्ठले भने ‘संविधान कार्यान्वयनको लागि अहिले निर्वाचनको मिति घोषणा गरिएन भने निर्धारित समयमा निर्वाचन गर्न सकिँदैन ।’ स्थानीय निकायको निर्वाचन २०७४ बैशाख मसान्तसम्म हुनुपर्ने उनको भनाइ छ ।

संविधानमा २०७४ माघसम्म सम्पूर्ण निर्वाचन गरिसक्नु पर्ने भएकाले हप्तादिन भित्रै स्थानीय निकायको निर्वाचनको घोषणा गर्ने तयारी भैरहेको उनले उल्लेख गरे । ‘संविधान संशोधनको प्रक्रिया अगाडि बढ्दै गर्छ, निर्वाचनको मिति पनि घोषणन हुन्छ’ उनले भने ।

उनले संविधान संशोधन अगावै निर्वाचनको मिति घोषणा हुने बताए । यस्तै उनले असन्तुष्ट पक्षलाई समेटेर संविधानको कार्यान्वयन गरिने बताएका छन् । उनले देशकै समस्या समाधान गर्न ५ नं. प्रदेश टुक्र्याउने गरी संविधान संशोधन प्रस्ताव दर्ता भएको बताए । उनले राष्ट्रिय सहमतिको सरकारका लागि विभिन्न दलहरुसँग छलफल भइरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment