Comments Add Comment

सरकारका प्रवक्ता भन्छन्- ‘एक सीट भएकालाई मन्त्री बनाउनु प्रधानमन्त्रीको महानता’

६ माघ, काठमाडौं । सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले संसदमा एक सीट भएकालाई पनि मन्त्री बनाउनु प्रधानमन्त्रीको महानता भएको प्रतिक्रिया दिएका छन् ।

ram karkiप्रधानमन्त्री प्रचण्डले बिहीबार संसदमा एक सीट भएका दुईवटा पार्टीका नेतालाई समेटेर मन्त्रिपरिषद बिस्तार गर्दैछन् र त्यसको आलोचना भइरहेको छ ।

बिहीबारको मन्त्रिपरिषद बैठकपछि सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री कार्कीलाई पत्रकारहरुले एक सिट भएकालाई मन्त्री बनाउनुको कारण सोधेका थिए ।

पत्रकारहरुको जिज्ञासामा मन्त्री कार्कीले भने, ‘यो सीट भन्दा पनि सहकार्यको विषय हो ।’

सबै दलहरुसँग सहकार्य गरेर सरकार अघि बढिरहेको भन्दै उनले भने, ‘साना दलहरुले हाम्रा मुद्दाहरुमा, राजनीतिक मुद्दाहरुमा, सहकार्यमा सहयोग गरेका छन् । महानता मान्नुस् न यसलाई ।’

प्रधानमन्त्री निकट स्रोतका अनुसार समाजवादी पार्टीका सांसद प्रेमबहादुर सिंह र अखण्ड नेपाल पार्टीका सांसद कुमार खड्का मन्त्री बन्ने छन् । सिंहलाई खानेपानी तथा सरसफाइ र खड्कालाई महिला बालबालिका तथा समाज कल्याण्ड मन्त्री नियुक्त गरिनेछ ।

दुई मन्त्रीको सपथ दिउँसो साढे २ बजेका लागि तय भएको छ ।

प्रचण्ड सरकार हाल ४१ सदस्यीय छ । प्रचण्ड सरकारका २ उपप्रधानमन्त्री छन् भने २४ मन्त्री र १४ राज्यमन्त्री छन् । यो विस्तारसँगै मन्त्रिपरिषद् ४३ सदस्यीय हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment