Comments Add Comment

एयर मार्सल प्रकरणमा सरकार मौन, एमाले र विप्लव माओवादीले मागे जानकारी

प्रचण्डकै नेतृत्वमा राष्ट्रघात भयोः विप्लव

kp-oli-and-biplap

११ माघ, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमाले र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले भारतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर मार्सल राख्न दिए/नदिएकोबारे सरकारको औपचारिक धारणा माग गरेका छन् ।

नेपाल र भारतका नागरिक उड्डयन अधिकारीहरुहरुको बैठकमा भारतलेले एयर मार्सलका लागि बास मागेको थियो । केहीले भने भारतलाई एयर मार्सल राख्न दिने अनुमति दिइसकेको दाबी गरेका छन् ।

एयर मार्सल सम्बन्धी विवादबारे सरकारले भने आधिकारिक धारणा ल्याएको छैन । तर, सरकार मौन बस्दा यसले राजनीतिक रुप लिन थालेको छ ।

पोखरामा सम्पन्न एमाले जनवर्गीय संगठनहरुको राष्ट्रिय भेलाले यसबारे सत्य तथ्य जनता समक्ष ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ । एयर मार्सल राख्न दिने कुरा नेपालको सार्वभौसत्ता र राष्ट्रिय सुरक्षासँग गाँसिएको भन्दै एमालेले जानकारी मागेको हो ।

त्यस्तै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले भने एयरमार्सल राख्न दिने सहमति भएको दाबी गर्दै प्रचण्ड प्रधानमन्त्री भएका बेला यस्तो हुनु जनघात र राष्ट्रघात हो भनेको छ ।

विप्लवले यसअघि माओवादी पार्टी नफुट्दै हिसिला यमी पर्यटनमन्त्री हुँदा पनि यहि प्रस्ताव पारित हुन लाग्दा पार्टीको निर्णयमा रोकिएको स्मरण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment