Comments Add Comment

भियग्रा होइन, यौनक्षमता बढाउन खानुहोस् यी खानेकुरा

tomato-and-garlicप्रायः उमेर बढेसँगै पुरुषहरु आफ्नो यौन जिवनलाई पुनर्जिवित गर्नका लागि यौनवर्धक भियग्राको सेवन गर्ने गर्दछन् । उमेर ढल्किएकाहरुले मात्र होइन आजकल त लामो समयसम्म यौन सम्पर्क तथा सन्तुष्टि प्राप्त गर्ने बहानामा तन्नेरीहरुमा समेत भियग्राको प्रयोग बढिरहेको छ । तर यस्ता धेरै खानेकुराहरु छन् जसको नियमित रुपमा सेवन गर्नेहो भने भियग्राको आवश्यकता पर्नेछैन । यी सुपरफुडले पुरुषमा यौन क्षमता बढाउँदछन् । यौन क्षमता बढाइदिने केही सुपरफुड यी हुन्ः

१.चुकन्दरः चुकन्दरको सेवनले पुरुषहरु यौन सम्पर्कका बेला उच्च प्रदर्शन गर्न सक्दछन् । चुकन्दरको सेवनले यौनांगमा रक्त प्रवाह बढ्दछ । साथै यसले सेक्स हर्मोनको पनि सन्तुलन कायम राख्दछ । यसले यौनेच्छा बढाउनुका साथै शिघ्रपतन रोक्न पनि सहयोग पूराउँदछ ।

२. प्याजः प्याजमा पनि विभिन्न प्रकारका पोषक तत्वले भरिपूर्ण हुन्छ । यसले कामेच्छा बढाउनुका साथै यौनांगलाई स्वस्थ राख्नमा सहयोग गर्दछ ।

३. पालुंगोः एमिनो एसिड तथा फोलेट तत्वले भरिपूर्ण पालुंगो नियमित रुपमा खानाले यौन क्षमतामा वृद्धि हुन्छ । यसले यौनांग्मा रक्तप्रवाह बढाउन सहयोग गर्दछ ।

४. ब्रोकाउलीः ब्रोकाउली पनि यौनक्षमता वृद्धिका लागि अत्यावश्यक खाद्यपदार्थ हो । यसले रक्तप्रवाहलाई सन्तुलित बनाउने, न्यून रक्तचापको समस्या हटाउन समेत सहयोग गर्दछ ।

५. गाजरः भिटामिन ए ले भरपूर गाजरको सेवनले यौन क्षमता सजिलैसँग बढाउन सकिन्छ । यसले यौनेच्छा बढाउने, शिघ्रस्खलन कम गर्नुका साथै शुुक्रकिटको संख्या तथा गुणस्तर बढाउन पनि सहयोग गर्दछ ।

६. लसुनः कामेच्छा बढाउनका लागि लसुनले ठूलो भूमिका खेल्दछ । लसुनमा हुने तत्वले यौनांगमा रक्तप्रवाह बढाउँदछ र यौन क्षमतामा पनि वृद्धि गर्दछ ।

७. भिन्डीः भिटामिनका साथै जिंक लवणले भरिपूर्ण भिन्डीको सेवनले यौन समस्याबाट बचाउन सहयोग गर्दछ । जिंक तत्वको कमीले उत्तेजना नहुने समस्या अर्थात् इरेक्टाइल डिस्फंक्सनको समस्या ल्याउँछ जसलार्य भिन्डीको सेवनले हटाउन सकिन्छ । थकान हटाउन तथा यौन शक्ति बढाउन पनि भिन्डीको सेवन सहयोगी हुन्छ ।

८. गोलभेँडाः गोलभेँडामा हुने लियोपिन नामक यौगिकले पुरुषमा उत्तेजना नहुने समस्या हटाउन सहयोग गर्दछ र उत्तेजना बढाउँदछ । पुरुषमा हुने प्रोस्टेट क्यान्सरको जोखिम पनि गोलभेँडाको सेवनबाट कम गर्न सकिन्छ । – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment