+
+

एनएमबि बैंकले ३ दिने ग्लोबल एलायन्स फर बैंकिङ अन् भ्यालुज बैठक गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ १६ गते १७:०४


१६ माघ, काठमाडौं । नेपालमा आगामी फागुन २४ गतेदेखि ३ दिने ९ औं ग्लोबल एलायन्स फर बैंकिङ अन् भ्यालुज (जिएबिभि) वार्षिक सम्मेलन हुने भएको छ । एनएमबि बैंकको मुख्य संयोजकत्वमा एफएमओ र भ्यालुज (जिएबिभि) का सदस्य संस्थाहरुसँगको संयुक्त सहकार्यमा सम्मेलन हुन लागेको हो ।

जिएबिभि बैकिङ क्षेत्रमा नवीनतम् सकारात्मक परिवर्तनका लागि विश्वभरका बैकिङ प्रमुखहरुको प्रतिबद्ध सञ्जाल हो । जिएबिभिको समग्र लक्ष्य दिगो बैकिङ प्रणालीको बिकासको लागि पहल गर्नु हो ।

यसको उद्देश्य बैकिङ क्षेत्र अझै पारदर्शी बनोस्, आर्थिक, सामाजिक र वातावरणीय स्थायित्वका लागि सहयोग पुगोस् तथा वास्तविक अर्थ व्यवस्थाको सेवा गर्न  बैकिङ संस्थाहरु एक जुट होउन् भन्ने रहेको छ । यस सम्मेलनमा मन्त्रीगण, गभर्नर, नायब गभर्नरहरु, बैंक र वित्तीय संस्थाका अध्यक्षहरु, उच्च प्रशासक लगायतको सहभागीता रहने अपेक्षा गरिएको छ ।

बैठकले मुल्य मान्यतामा आधारित बैंकिङ अपनाएका एशिया, अफ्रिका, अष्ट्रेलिया, ल्याटिन अमेरिका, दक्षिण अमेरिका र युरोपका राष्ट्रका ४० बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख कार्यकारीहरुसँग आपसी छलफल एवं परामर्श गर्ने अवसर प्रदान गर्नेछ । नेपालमा हुन लागेको २०१७ को बार्षिक बैठकको मुल नारा सिफ्टिङ दि फाइनान्सियल प्याराडाइम–करेज टु एक्ट टुगेदर रहेको छ । यसका सदस्यहरु एवं साझेदारहरुले मुनाफाभन्दा पहिले जनतालाई बढावा दिन विश्व वित्तीय प्रणालीमा ल्याउन चाहेको परिवर्तनलाई आत्मसाथ गरेको छ ।

बितेको २० बर्षदेखि एनएमबि बैंकले आत्मनिर्भर नेपाल भन्ने आफ्नो प्रतिबद्धता अनुरुपआफ्ना कार्यक्रमहरुलाई आत्मनिर्भरताको क्षेत्रमा केन्द्रित गर्दै आएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?