+

७ गल्ती, जसले युवामा हृदयघात गराउँछ

२०८० असोज  १ गते १५:२४ २०८० असोज १ गते १५:२४
७ गल्ती, जसले युवामा हृदयघात गराउँछ

मान्छेहरु भन्छन्, हृदयघात त बुढापाकालाई हुन्छ । तर, युवाहरु पनि हृदयघातको जोखिममा छन् । आखिर किन यस्तो भइरहेको छ ? यसलाई मिहिन रुपमा बुझ्न जरुरी छ ।

हाम्रो शरीरको हरेक अंगलाई बाँच्न र सामान्य रुपले काम गर्न अक्सिजन अनि रगतको आवश्यक्ता पर्छ । शरीरको हरेक अंगमा रगत पु¥याउने काम ठूला–साना धमनीले गर्छ । हाम्रो मुटुले भने यी नलीहरुमा रगतको एकनास प्रवाह गराउन पम्पको काम गर्छ ।

मुटु स्वयम्लाई पनि सही रहनका लागि रगत र अक्जिनको आवश्यक्ता पर्छ । यसका लागि मुटुमा रगत प्रवाह गर्ने धमनीहरु हुन्छन् । ती धमनीलाई कोरोनरी आर्टरिज भनिन्छ । जबी यी कोरोनरी आर्टरीमा कुनै कारणवश अवरोध हुनजान्छ, त्यसबेला मुटुको मांसपेशीमा रगतको कमी हुन्छ । यही कारणले मांसपेशीको मृत्यु हुन जान्छ र यस स्थितीलाई हृदयघात अर्थात हार्ट अट्याक्ट भनिन्छ ।

के कारणले यस्तो हुनसक्छ ?

उच्च रक्तचाप

अनियन्त्रित उच्च रक्तचापले मुटुको धमनीहरुमा तनाव पैदा गर्छ । त्यसैले ती धमनीहरु मोटो र साँघुरो हुँदै जान्छ । यसको कारण मुटुलाई पम्प गर्न कठिन हुन्छ । यो हृदयघातका लागि जोखिमयुक्त हुन्छ ।

खराब कोलेस्टरोल

खराब कोलेस्टरोल पनि हृदयघातको कारण बन्न सक्छ । खराब कोलेस्टरोल मुटुको धमनीमा जम्मा हुँदै जान्छ । यसले ती धमनीहरुको कार्यसंचालनमा बाधा पु¥याउन थाल्छ । यही कारण हृदयघात हुनसक्छ ।

मधुमेह

मधुमेह खासगरी टाइप –२ मधुमेहले हृदयघातको जोखिम बढाउँछ । रगतमा चिनीको स्तर बढ्दा मुटुको धमनीमा असर गर्न थाल्छ साथसाथै यसले स्नायु प्रणालीलाई पनि प्रभावित बनाउँछ ।

मोटोपन र निस्क्रिय जीवनशैली

मोटोपनले मुटुको धमनीमा अवरोध पैदा गर्छ । रक्त प्रवाह राम्ररी हुन सक्दैन । यसले गर्दा हृदयघात हुनसक्छ ।

खासगरी निस्क्रिय जीवन विताउनेहरुलाई यस्तो जोखिम बढी हुन्छ । शारीरिक गतिविधि नगर्ने र ऐशआरमको जीवन रोज्नेहरुमा मोटोपनको खतरा हुन्छ । मोटोपनले मुटुको कार्य सम्पादनमा असर गर्छ ।

अधिक व्यायाम

चीन पनि धेरै खाएमा तीतो हुन्छ भन्ने नेपाली उखान नै छ । व्यायाम गर्नु त शारीरिक स्वास्थ्यका लागि राम्रो हो । तर, अधिक मात्रामा गरिने व्यायामले कहिले काहीँ मुटुलाई जोखिममा पार्न सक्छ । जथाभावी ढंगले अधिक समय व्यायाम गर्दा हृदयघात हुने खतरा हुन्छ । खसगरी ३५ बर्षभन्दा माथिकालाई यस्तो समस्या हुनसक्छ ।

अत्याधिक तनाव

तनाव र मुटुको सोझो सम्बन्ध छ । जब हामी धेरै तनावग्रस्त हुन्छौं, त्यसले मुटुलाई प्रभाव पार्न थाल्छ । तनावको स्थितीमा मुटुले आफ्नो काम स्वभाविक लयमा गर्न सक्दैन । जब हामी नियमितजसो तनावग्रस्त रहन्छौं यसले हृदयघातको खतरा बढाइदिन्छ ।

धुम्रपान

धुम्रपान हृदयघातका लागि निकै जोखिमयुक्त हुन्छ । चुरोटको धुँवामा कार्बन मोनोअक्साइड, निकोटिन र विभिन्न विषाक्त पदार्थसहित हानिकारक रसायन हुन्छ । जब एक व्यक्तिले धुम्रपान गर्छ, यी पदार्थहरु रक्तप्रवाहमा प्रवेश गर्छ र हृदय प्रणालीमा धेरै प्रतिकुल प्रभाव पार्न थाल्छ ।

उदाहरणका लागि निकोटिनले मुटुको धड्कन र रक्तचाप बढाउँछ । धुँवमा भएका रसायनहरुले रक्तनलीलाई क्षति पु¥याउँछ । यी रसायनले धमनीलाई साँघुरो पार्न र हृदयको मांसपेशीमा रक्त प्रवाह घटाउन सक्छ ।

हृदयघात
लेखक
मनिष यादव
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

घाम पर्ने गरी फार्मेसीहरूमा राखिएका औषधि बिग्रिने सम्भावना कति ?

घाम पर्ने गरी फार्मेसीहरूमा राखिएका औषधि बिग्रिने सम्भावना कति ?

बालविवाह : गल्ती गर्ने परिवार र समाज, परिणामको दोष स्वास्थ्यकर्मीमाथि

बालविवाह : गल्ती गर्ने परिवार र समाज, परिणामको दोष स्वास्थ्यकर्मीमाथि

एमाले प्रतिनिधि बन्न पाएनन् सरकारी स्वास्थ्यकर्मी, गौतमको नेतृत्वमा नयाँ सूची

एमाले प्रतिनिधि बन्न पाएनन् सरकारी स्वास्थ्यकर्मी, गौतमको नेतृत्वमा नयाँ सूची