News Summary
Generated by OK AI. Editorially reviewed.- डा.पुकारचन्द्र श्रेष्ठलाई बागलुङमा डा.तरूण पौडेल चिकित्सा संस्थाले १३औं वार्षिकोत्सवमा डा.तरूण पौडेल चिकित्सा पुरस्कार–२०८२ प्रदान गरेको छ।
काठमाडौं । नेपालमा मानव अंग प्रत्यारोपणको सुरुवात गर्न महत्वपूर्ण योगदान पुर्याएका डा.पुकारचन्द्र श्रेष्ठलाई गृह जिल्ला बागलुङमा सम्मान गरिएको छ । श्रेष्ठलाई शुक्रबार बागलुङ बजारमा आयोजित एक विशेष समारोहमा डा. तरूण पौडेल चिकित्सा संस्थाले सम्मान गरेको हो ।
संस्थाको १३औं वार्षिकोत्सव एवं १०औं पुरस्कार समारोहमा डा.श्रेष्ठलाई डा.तरूण पौडेल चिकित्सा पुरस्कार–२०८२ समेत प्रदान गरिएको छ ।
बागलुङ नगरपालिकाका मेयर बसन्त श्रेष्ठको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
स्थापना कालदेखि करिब साढे ११ वर्ष शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको नेतृत्वमा रहेका श्रेष्ठ यही असोजको पहिलो साता सेवा निवृत्त भएका थिए ।
डा.पुकारले नेपाल सरकारको स्वास्थ्य सेवामा ३३ वर्ष सेवा गरी नेपालमा मानव अंग प्रत्यारोपणको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै पुरस्कृत गरिएको आयोजकले बताएका छन् ।
‘नेपालको स्वास्थ्य क्षेत्र र अंग प्रत्यारोपण कार्यलाई उदाहरणीय बनाउँदै निस्वार्थरूपमा सेवा गरी एक इमान्दार चिकित्सकको रुपमा परिचय बनाउन सफल हुनु भएको र अन्य उत्कृष्ट योगदानहरूका लागि यो सम्मान प्रदान गरिएको हो’ आयोजकले भनेका छन् ।
सम्मान कर्यक्रमको लागि आभार व्यक्त गर्दै डा.पुकारले बागलुङ सँग गहिरो आत्मीयता रहेको बताए । ३०३४ सालमा एसएससी पास गरेको सुनाउँदै उनले बाल्यकालका स्मृतिहरू सेयर गरे ।
आफूले शिक्षा र संस्कार समेत बागलुङबाटै सिकको भन्दै उनले आज सम्मको उपलब्धिको श्रेय बागलुङबासीलाई दिए ।
प्रतिक्रिया 4