+

खाना, पेट र दिमागको रोचक साइनो

२०८० असोज  १ गते १३:४५ २०८० असोज १ गते १३:४५
खाना, पेट र दिमागको रोचक साइनो

हामीलाई थाहै छ, हामी जे खान्छौं त्यसले हाम्रो शरीरको मांसपेशी र छालामा पोषण मिल्छ । तर, दिमागमा यस्तो असर के हुन्छ ?

यसको जवाफ खोज्नका लागि मनग्ये शोध भएको छ । र, यसबाट के पत्ता लागेको छ भने जुन खानेकुरा हाम्रो पेटमा जान्छ, त्यसको सोझो सम्बन्ध त्यहीसँग छ जसले हाम्रो दिमाग चलाउँछ ।

खासमा पेट के हो ? ह्यूस्टनका बेलर मेडिकल कलेजका ग्यास्ट्रोएन्टेरोलजिस्टका प्रोफेसर जाफ प्रोडिस भन्छन्, मुखदेखि मलद्वारबीचको सबै अवयव पेटको हिस्सा हो, जसले पचाउने भूमिका खेल्छ । यसमा कलेजो र पेन्क्रिया पनि सामेल छ । खासगरी केही मिटर लामो नलीलाई पेट भनिन्छ ।

जाफ प्रेडिस भन्छन्, ‘पेटको सम्पूर्ण हिस्साले पाचन क्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । पेट एसिडको मद्दतले अन्नलाई पेल्छ र त्यसलाई सानो आन्द्रामा पठाउँछ । त्यहाँ अन्नमा रहेको पोषक तत्व शरीरले ग्रहण गर्ने काम हुन्छ ।’

जुन कुरा पच्दैन, त्यसलाई ठूलो आन्द्रमा पठाइन्छ । बाँकी रहेको पोषक तत्व र पानीलाई ठूलो आन्द्रामा पचाउने काम हुनछ । त्यसपछि शरीरमा जे बाँकी रहन्छ, त्यो शरीरबाट मलको रुपमा बाहिर निस्कन्छ ।

जाफ पे्रेडिसका अनुसार यी सबै प्रक्रियामा अन्नलाई पिसेर पाचनका लागि ग्यास्ट्रोइन्टेस्टाइनल ट्रयाकको सबै मांसपेशी र नसा मिलेर काम गर्छ ।

पेटको काम केवल अन्न पचाउने मात्र होइन, रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउने पनि हो । शरीरलाई हानि गर्ने अन्नको अनावश्यक तत्व शरीरको अन्य भागमा नपुगोस् भनेर पेटले खास भूमिका खेल्छ । जाफ प्रोडिस भन्छन्, ‘केही जीवाणुले रोग फैलान सक्छ । कतिपय मान्छेको पेटको भित्ता कमजोर भएका कारण माइक्रोब अर्थात जीवाणु पेटदेखि चुहिएर शरीरको अन्य हिस्सामा फैलन सक्छ । यसैले रोगी बनाउँछ ।’

अर्थात हाम्रो पेट शरीरको एक अत्यान्त महत्वपूर्ण प्रतिरक्षा तन्त्र पनि हो ।

जाफ प्रेडिसका अनुसार ‘हाम्रो पेट एक शक्तिशाली प्रतिरक्षा प्रणाली हो । यो एकदमै महत्वपूर्ण हुन्छ किनभने हाम्रो खानाको माध्यमबाट कतिपय जीवाणु एवं भाइरस हाम्रो पेटमा पुग्छ ।’ यदि यस्तो भाइरस पेटबाट निस्किएर शरीरको अन्य भागमा फैलियो भने त्यसले एकदमै नोक्सान पु¥याउँछ । त्यसैले पेट हाम्रो प्रतिरोधक प्रणालीको पहिलो मोर्चा हो । तर, हाम्रो पेट आवश्यकभन्दा बढी सक्रिय भयो भने पनि यो सुन्निछ ।’

उनी भन्छन् यसले क्रोन्स डिजिज र अल्सरेटिभ कोलाइटिस जस्तो रोग फैलाउँछ, जसले आन्द्रमा घाउ र मलद्वार सुन्निने समस्या हुनसक्छ ।

जाफ प्रेडिसका अनुसार पेटमा यत्रतत्र हुने नसाको सोझो सम्बन्ध मस्तिष्कसँग हुन्छ । यी दुबैवीच संकेत आदनप्रदान हुन्छ ।

यदि पेटमा कुनै खराबी भयो भने त्यो मस्तिष्कलाई थाहा हुन्छ ।

जेन फस्टर न्यूरो साइन्टिस हुन्, जो टेक्सस युनिभर्सिटीको साउथ वेस्टर्न मेडिकल सेन्टरमा मनोविज्ञानका प्रोफेसरको रुपमा कार्यरत छन् । उनका अनुसार हाम्रो शरीरमा रहेको भेगस नर्व दिमागलाई पेटसम्म जोड्ने सबैभन्दा लामो नसा हो । यो नसा पेट र त्यसको यत्रतत्रको अवयवमा मांसपेशीसँग जोडिएको हुन्छ । यो यस्तो नसा हो, जसले दिमागबाट कुनैपनि संकेत पेटसम्म पु¥याउँछ र पेटको संकेत दिमागसम्म पु¥याउँछ ।

भेगस नसा दिमाग र पेटको बीचमा रहेको संकेत आदन प्रदान गर्ने सुपर हाइवे हो ।

दश बर्षअघि क्यालिफोर्निया युनिभर्सिटीका वैज्ञानिकले एक प्रयोग गरेका थिए, जसबाट थाहा भयो कि पेटको स्थितीको गहिरो असर हाम्रो दिमागसम्म पुग्छ । यस प्रयोगका क्रममा महिलाका एक समूहलाई केही हप्तासम्म फर्मेन्टेड दूध पिउन दिइएको थियो, दोस्रो समूहलाई सामान्य दूध दिइएको थियो ।

जुन समूहले फर्मेन्टेड दूध पिएका थिए, उनीहरुको मस्तिष्कको गतिविधि पाचनका क्रममा राम्रो भएको थियो । खासगरी मस्तिष्कको त्यो हिस्सा, जो हाम्रो संवेदनालाई नियन्त्रित गर्छ । यसको अर्थ के हो भने हाम्रो पेटमा रहेको ब्याक्टेरिया वा माइक्रोब हाम्रो दिमागको गतिविधिलाई प्रभावित बनाउँछ ।

जेन फास्टर भन्छन्, ‘महिलाको जुन समूहले चार हप्तासम्म फर्मेन्टेड दूध पिएका थिए, जसमा प्रोबायोटिक्स थियो । उनीहरुको दिमागको संवेदनात्मक गतिविधिमा परिवर्तन देखियो । यसै कारण एक नयाँ शोधका लागि ढोका खुल्यो ।’

‘अब यो कुरा पत्ता लगाउन सकिनेछ पेटमा रहेको माइक्रोबले हाम्रो मानसिक रोगको उपचार गर्न सकिनेछ । मनोविज्ञानको क्षेत्रमा यसको ठूलो भूमिका हुनसक्छ ।

हामीलाई यो कुरा त थाहा थियो कि दिमागी तनावले पेटमा समस्या पैदा गर्न सक्छ । तर, अहिले यो तथ्य पनि पत्ता लागेको छ कि पेटमा रहेको राम्रो ब्याक्टेरियाले दिमागको तनाव पनि कम गर्न मद्दत गर्छ ।

जेन एक विशेष ब्याक्टेरियामाथि शोध गर्दैछन्, जसको सम्बन्ध दिमागमा चिन्ता वा तनावसँग हुनसक्छ ।

उनले भने, ‘डिप्रेसनग्रस्त व्यक्तिमाथिको अध्ययनमा पाइयो कि केही यस्ता ब्याक्टेरिया पनि छ जसले डिप्रेसन वा चिन्ता कम गर्नमा सहयोग गर्छ । अब हामीले यो कुरा पनि पत्ता लगाउन सक्नेछौ कि डिप्रेसनग्रस्त व्यक्तिमा चिन्ताको कारण यो ब्याक्टेरिया हो वा अरु कुनै कारण ?’

डिप्रेसनग्रस्त व्यक्तिमा हुने वेचैनीको कारण पत्ता लगाउनु चुनौतीपूर्ण काम हो ।

यस्तो पनि संभव हुनसक्छ कि डिप्रेसनसँग जुधिरहेको व्यक्तिको आहारमा यस ब्याक्टेरियाको कमीको कारण पनि डिप्रेसन बढिरहेको हुनसक्छ । तर, हाम्रो रिसर्चमा के पाइएको छ भने यस्तो केही ब्याक्टेरिया केवल अन्नबाट मात्र होइन हाम्रो डिएनएको कारण पनि हाम्रो शरीरमा पैदा हुन्छ ।

यद्यपि यो कुरा अझैपनि स्पष्ट भइसकेको छैन कि हाम्रो पेटमा रहेको ब्याक्टेरियाको सम्बन्ध हाम्रो जिन, खानपान वा जीवनशैलीसँग सम्बन्धित छ ।

अहिले सबैले स्वीकारेका छन् कि सन्तुलित खानपान, व्यायामले पेट र मानसिक स्वास्थ्य ठीक हुन्छ । तर, यस किसिमको ब्याक्टेरियाले कुन किसिमको डिप्रेसनग्रस्त मान्छेलाई सहयोग गर्छ यसबारे भने पर्याप्त जानकारी छैन ।

विश्वभर हरेक बर्ष पाचन क्षमता सुधार्नका लागि प्रयोग हुने फुड सप्लिमेन्टमा लगभग ५० अर्ब डलर खर्च हुन्छ । अर्थात त्यती नै पैसा जति चकेटमा खर्च हुन्छ ।

नेदरल्यान्डमा नीजो फुड रिसर्च कम्पनीका बिजनेस डेभलपमेन्ट म्यानेजर मर्टिन हैम भन्छन्, ‘कुनैपनि व्यक्तिलाई पाचन सम्बन्धी कुनै समस्या हुँदैन यदि उनीहरुले यो सप्लिमेन्ट लिन्छन् भने ।’

उनका अनुसार सप्लिमेन्ट दुई किसिमको हुन्छ । प्रोबायोटिक्स, जसमा त्यही किसिमको ब्याक्टेरिया हुन्छ हुन्छ जुन हाम्रो पेटमा पनि हुन्छ । अर्को प्रोबायोटिक जसमा यस्तो फाइबर हुन्छ जसले हाम्रो आन्द्रामा माइक्रोबलाई पोषण दिलाउँछ । तर, यो सप्लिमेन्ट तब मात्र प्रभावकारी हुन्छ जब हाम्रो पेटको ठूलो आन्द्रासम्म पुग्छ ।

ठूलो आन्द्रामा पुग्नुअघि यो सानो आन्द्रा हुँदै जानुपर्ने हुन्छ, जसको लम्बाई हाम्रो शरीरको तीन गुणा बढी हुन्छ । यो सप्लिमेन्टले एकदमै लामो यात्रा गर्नुपर्ने हुन्छ, तब यो प्रभावकारी हुन्छ ।

तर, मान्छेहरु भन्छन् कि उनीहरुको पाचन ठीक छैन । उनीहरुले कुनै प्रोबायोटिक वा प्रिबायोटिक सप्लिमेन्ट लिनु परेमा यसको छनौट कसरी गर्ने ?

मर्टिन हैमका अनुसार धेरै प्रोबायोटिक पेटमै नष्ट हुन्छ । त्यसैले तपाईंले यो कुरा पत्ता लगाउनुपर्ने हुन्छ कि जुन प्रोबायोटिक तपाईं खानुहुन्छ त्यसको माइक्रोब आन्द्रामा जीवित रहन्छ वा रहँदैन । प्रोबायोटिक खरिद गर्दा तपाईंलाई यो कुरा निश्चित हुनुपर्छ कि त्यसको फाइदाबारे कुनै वैज्ञानिक आधार छ वा छैन ?

यदि हामी आफ्नो जीन बदल्न सक्दैनौं र सप्लिमेन्टको लेभलको जटिलताबाट पार पाउन सक्दैनौं भने हामीसँग एउटा विकल्प छ कि, हामीले आफ्नो जीवनशैली सुधार्ने कुरामा ध्यान दिनुपर्छ ।

गेल हेक्ट शिकागोको लोयोला युनिभर्सिटीमा माइक्रोबायोलोजी र इम्यूनोलोजीका प्रोफेसर हुन् । पेटको रोग फैलाउने प्याथोजेन वा रोगाणुको विशेषज्ञ हुन् । उनी भन्छन्, पेटलाई स्वस्थ राख्नका लागि केही किसिमको ब्याक्टेयरिया वा माइक्रोब्स जरुरी हुन्छ ।

‘अक्सर पेटमा हुने ब्याक्टेरियाबारे कुरा हुन्छ । तर, त्यहाँ केही किसिमको माइक्रोब हुन्छ जो एक्लै होइन साथ मिलेर काम गर्छ । त्यसले हामीलाई स्वस्थ राख्नका लागि भूमिका खेल्छ । यो बिना मान्छे जीवित रहनै सक्दैन ।’

अर्थात पेटलाई स्वस्थ राख्नका लागि त्यहाँ भएको माइक्रोबलाई ख्याल राख्नुपर्छ ।

गेल हेक्ट भन्छन्, ‘हामी स्वस्थ रहनका लागि यस ब्याक्टेरिया र माइक्रोब्समा निर्भर हुन्छ । यसलाई पोषण दिलाउने हाम्रो जिम्मेवारी हो । यो माइक्रोब्स के खान्छ ? यसले हाम्रो आहारमा बाँकी रहेका चिज खान्छ । जब हामी सीमी वा सागपात खान्छौं, जसमा फाइबर हुन्छ । यो फाइबर पूर्ण रुपमा पच्दैन र त्यो कोलनमा पुग्छ, जहाँ यो ब्याक्टेरिया रहन्छ । ती ब्याक्टेरिया यही फाइबर खाएर बस्छ । यसको नकारात्मक असर के पनि भने यसले ग्याँस पनि पैदा गर्नसक्छ ।’

गेल हेक्ट भन्छन्, ‘प्रशोधित खानेकुरामा यस्तो हुँदैन । किनभने त्यसमा एकदमै कम फाइबर हुन्छ । त्यसमा चिनी बढी हुन्छ, जुन हाम्रो शरीरमा तुरुन्तै पच्छ र माइक्रोब्सका लागि केही बच्दैन । प्रोटीन र ग्लूकोजयुक्त आहार हाम्रो मांसपेशीलाई पोषण दिलाउँछ तर खाना खाइरहेको समयमा हामीले केवल आफ्नो शरीरका लागि मात्र होइन पेटमा रहेको माइक्रोबको पोषणबारे पनि ख्याल राख्नुपर्छ ।’

यसका लागि ताजा फल र सब्जी सेवन गर्नुपर्ने उनको भनाई छ । खानेकुरा जति प्राकृतिक हुन्छ, पेटका लागि उत्तिनै राम्रो हुन्छ । दही जस्तो फर्मेटे्ड चिज पनि राम्रो हो, किनभने त्यसमा पेटका लागि जरुरी ब्याक्टेरिया हुन्छ ।

पेटमा हुने माइक्रोबका लागि फाइबर र कार्बोहाइड्रेड खान जरुरी छ । यो स्पष्ट छ कि हाम्रो मानसिक स्वस्थ्यका लागि यी माइक्रोबको सोझो सम्बन्ध छ ।

बिबिसीबाट  

 

फाइबर स्वस्थ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय