Comments Add Comment

सिड्नीबासी नेपालीले पनि मनाए शहीद दिवस

२९ जनवरी, सिड्नी । अष्ट्रेलियाको सिड्नीमा पनि शहीद दिवस मनाइएको छ । सिड्नीस्थित अलवा अभिभावक पार्कमा आइतबार बिहान आठ बजे यस क्षेत्रका सम्पूर्ण नेपाली अभिभावकहरु भेला भएका थिए ।

प्राध्यापक प्रेम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले नेपालको प्रजातान्त्रिक आन्दोलनमा जीबन बलिदान गर्ने ज्ञात अज्ञात शहीदहरुको सम्झना गरे ।

शहीदहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । दुर्गा श्रेष्ठले शहीदहरुको योगदानबारे चर्चा गर्दै कार्यक्रमबारे प्रकाश पारेका थिए ।

यमुना दाहाल र टिकाराम गैरेले कार्य क्रममा मन्तव्य राखेका थिए भने रीता सापकोटा र शान्ता तिवारीले भजन प्रस्तुत गरे ।

टिकाराम गैरे र टिकादेवी गैरे नेपाल फर्किन लागेकाले सोही कार्यक्रममा विदाई समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment