Comments Add Comment

दुनियाँकै अत्याधुनिक कुकुरः जसको फेसबुक पेज छ, जिउमा जिपिएस ट्रयाकर लगाउँछ

अमेरिकाको केन्टकीस्थित एक पेट्रोल स्टेशनको नजिकै एक सुनौलो रंगको लेब्राडोर नश्लको कुकुर देखेपछि टायलर विल्सनलाई लाग्यो की त्यो सायद कतैबाट हराएको हो । किनकि केही हप्ता पहिले पनि उनले यहीँ कुकुरलाई सोही ठाउँमा देखेका थिए ।

पेट्रोल स्टेशनमा कारमा पेट्रोल हालिरहेको बेलामा उक्त कुकुर उनको कारको नजिकै आयो । त्यसपछि उनी कुकुरलाई मद्दत गर्न कारबाहिर आए । जब उनले उक्त कुकुरको घाँटीमा ट्याग देखे तब अचम्म माने ।

उक्त आइडी ट्यागमा लेखिएको थियो- मेरो नाम ड्यू हो । म बेपत्ता भएको होइन । मलाई घुम्न मन पर्छ । मलाई घर जाउ भन ।

यस्तो पढ्दा निकै रमाइलो लाग्यो टायलरलाई । त्यसपछि उनले उक्त कुकुरलाई अंकमाल गरी फोटोहरु खिचे । ती तस्वीरहरु उनले टि्वटरमा फोटोहरु शेयर गरे । अनि टि्वट गर्दै लेखे- ड्यूलाई साहसिक कार्य मन पर्छ । जब म पेट्रोल भरिरहेको थिएँ, तब ऊ नजिकै आयो ।

कुकुरसम्बन्धी टायलरको टि्वट निकै भाइरल बन्दै गयो । त्यो सँगै उक्त कुकुरका बारेमा विभिन्न अनौठा तथ्य समेत बाहिर आए ।

उक्त कुकुर लोकल सेलिब्रेटी नै रहेछ । आफ्नो मालिकको ७० एक्कडको हराभरा फार्म छाडेर ऊ गल्लीहरुमा घुम्न निस्किन्छ । उक्त कुकुरको नामबाट ड्युड एडभेन्चर्स नामको फेसबुक पेज समेत खोलिएको छ । जसमा उसको दैनिक यात्रासँग जोडिएका तस्वीर तथा उसबाट कुकुरलाई मिल्ने सुखको भावलाई दर्शाउने गरिन्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment